banner
banner

तातोपानी घट्दा केरुङको महत्व बढ्यो

पदम हमाल - 
केरुङ अब अन्तर्रार्िष्ट्रय नाकाका रुपमा विकसित भएको छ । नेपाल भ्रमणमा चीनका उपप्रधानमन्त्री वाङयाङलाई नेपालले के आग्रह गरेको थियो, चीन पुग्नासाथ वाङले केरुङलाई अन्तर्राष्ट्रिय नाकका रुपमा घोषणा गरिदिएका छन् । यो समाचारले नेपाल चीनवीचको तातोपानी नाका भने भूकम्पपछि सेलाएकोमा अव पुरै चिस्सिन पुगेको छ । तातोपानी नाका खुल्ने नखुल्ने भन्न नसकिने भएको छ ।
चीनले अन्तर्राष्ट्रिय नाका केरुङ हो भनेर घोषणा गरेको यो पहिलो हो । अव कैलास, मानसरोवर जाने भारतीय तथा अन्य विदेशीहरुलेसमेत यही नाकाको उपयोग गर्नुपर्नेछ । केरुङबाट नेपाल जोड्ने र नेपालबाट पुरानो सिल्करोडको विकासझैं वान बेल्ट वान रोडको परिकल्पना पूरा गर्ने चीनको योजना छ ।
केरुङबाट फास्ट इन्टरनेट नेपाल भित्रिसकेको छ । ३ वर्षभित्र रेड जोडिने र त्यो रेल, सडक सञ्जाल काठमाडौं, पोखरा, लुम्बिनी भएर भारतसँग सिधा जोडेर चीन आफ्नो प्रभाव बिस्तार गर्न कटिवद्ध भएर लागेको छ । चीनको बिस्तारित योजनाबाट भारत झस्किएको छ र भारतले चीनको योजनामा साथ नदिएको कारण आफ्ना प्रभाव न्यूनिकरण हुने खतरा देखेर नै हो भन्ने अनुमान गरिएको छ ।
चीनको घोषणासँगै रसुवा भन्सार कार्यालय अव सोही महत्वका अनुसार महत्वका साथ सञ्चालन हुनथालेको छ । यद्यपि यही नाकाबाट तस्करीका घटना पनि बढेर गएका छन् । नेपालले चीनलाई सुरक्षा प्रत्याभूति दिएर यो नाकालाई बिस्तारित गर्नुमा नै नेपालको विकासनिर्माण अन्तर्निहित रहेको छ । र, पुरानो तातोपानी नाकालाई पनि सञ्चालनमा ल्याउन जरुरी छ । अन्यथा यस क्षेत्रको विकास पछि पर्ने पक्का छ । नेपालले अहिले नै विचार पुर्‍याउनुपर्छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper