banner
banner

चुल्ठो काट्ने रहस्य के हो

काठमाडौं । बारा, पर्सा, रुपन्देहीसम्म फैलिएको महिलाको चुल्ठो काट्ने घटना सिरहामा पुगेको छ । सिरहा, सुखीपुर ७ कि लक्ष्मीनिया मुखियाको चुल्ठो काटियो र उनको बिरामी भएर मृत्यु भएको छ । गत १० दिनमा चुल्ठो काट्ने १५ घटना भएका छन्, यो चानचुने आतंक होइन ।
भारतमा आतंक बनेको महिलाको चुल्ठो काट्ने आतंकको छेउटुप्पो पत्ता लागेको छैन, महिनौंदेखि छानबिन भइरहेको छ, नेपालमा हिष्टेरिया भनेर हावामा उडाइयो । हिष्टेरियाका कारण महिलाको चुल्ठो कसरी काटिन्छ ? स्पष्टता आएको छैन ।
जेहोस्, मधेसमा चुल्ठो काटिने घटना बढेका छन् र यस्ता घटना पत्ता लगाउन सक्षम प्रहरीले यसको रहस्य सार्वजनिक गर्नुपर्ने देखिएको छ । अन्यथा यो आतंक अरु बढ्दै जानेछ, फैलिने खतरा छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper