banner
banner

गोपाल खड्काको चमत्कार

काठमाडौं । संसदीय अनुगमन समितिले समेत आयल निगमले खरिद गरेको जग्गामा व्यापक भ्रष्टाचार भएको पुष्टी भइसकेपछि पनि कार्यकारी गोपाल बहादुर खड्कालाई कुनै निकाय अथवा कानुनले छुन सकेन । यो चमत्कार नभए के हो ?
आयलको जग्गा खरिदमा सवा अर्व घोटाला भएको पुष्टी नै भइसक्यो, खोलामाथिको खेत कित्ता नम्बर एक खरिद गर्न नक्कली दलाल खडा गरेर जनताको पैसा डुबाइयो, लुटियो, सरकार र अख्तियार बोल्दै बोल्दैन भने योभन्दा अराजक लोकतन्त्र कुनै मुलुकमा हुन्छ र ? कानुनभन्दा व्यक्ति ठूलो हुने, सरकारले समेत कुनै एक व्यक्तिको भ्रष्टाचारबारे बोल्नै नसक्ने, नबोल्ने, गजब गरे कार्यकारी गोपालले ।
यस्तो लीला पहिले कृष्ण लीला हेरिन्थ्यो, पढिन्थ्यो । त्यो प्रेमकथा थियो । अहिले गोपाल लीला भएको छ, देखिएको छ, पढिएको छ । अपरम्पार लीला ।
तैपनि राजनीतिक नेताहरु भन्छन्– लोकतन्त्र संस्थागत भइरहेछ, संविधान कार्यान्वयन हुँदैछ । खुल्लम खुल्ला भ्रष्टाचारको जगमा खडा भएको लोकतान्त्रिक शासन प्रणाली कति संस्थागत होला र कहिलेसम्म यसैगरी अराजक रहला ? आयल निगम जग्गा खरिद प्रकरणमा माओवादी नेता पुष्पकमल दाहाल, छोरा प्रकाश दाहाल पनि तानिएका छन् । दीपक बोहरा त स्थलमै पुगेका समाचार आएका छन् भने प्रधानमन्त्रीका परिवार पनि कमिशनमा गाँसिएका छन् । आश्चर्य यो भ्रष्टाचार काण्डमा स्थानीय तह, नापी, मालपोतका कर्मचारीसम्मले कमिशन खाएको संसदीय टोलीको रिपोर्ट छ । अहिले संसदीय टोलीका सदस्यहरुलाई आपराधिक समूह लगाएर फोनबाट तर्साउने काम भइरहेको खुलासा सांसदले नै गरेका छन् ।
सांसदले कार्यकारी गोपाल खड्कालाई निलम्बनमा राखेर छानबिन गराउन माग गरिरहेछन्, गोपाल खड्का भने कसले के नाप्छन्, नाप, मैले भ्रष्टाचार गरेको छैन भनेर कुर्लिरहेका छन् । उनले भ्रष्टाचार नगरे कसले खायो सवा अर्व, उनले मुख खोल्नैपर्छ । र, कमिशन खानेहरुको अनुहार देखाउनै पर्छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper