banner
banner

डेढवर्षमा चमत्कार गर्छौं

काठमाडौं । स्थानीय चुनावमा खस्किएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले फेरि ढ्याङ्ग्रो ठोकेर घोषणा गरेका छन्– ढेढवर्षभित्र माओवादीले फेरि चमत्कार गर्छ । हामी चमत्कार गर्ने मार्गमा हिड्न थालिसक्यौं ।
कस्तो चमत्कार ? उनलेस्पष्ट पारेनन् तर भदौ ७ गते अखिल क्रान्तिकारीको एकता सम्मेलनमा प्रचण्डले गणतन्त्र भन्नुस् वा संघीयता, समावेशी प्रतिनिधित्व भन्नुस् वा नयाँ संविधान, यी सबै उपलब्धिका बाहक माओवादी हो । देश माओवादीकै एजेण्डामा छ, राष्ट्रलाई एकतावद्ध गर्नसक्ने नेतृत्व पनि हामीसँगै छ । आर्थिक विकास, समृद्धि र देशलाई स्वाधीन बनाउने तागत पनि माओवादीसँगै छ । तर, यस बीचमा माओवादीमा टुटफुट भयो, हामी एकतावद्ध हुन सकेनौं । अहिले फेरि एकताको लहर चलेको छ । हेर्दै जानुहोला, हामी एकतालाई पनि एउटा टुंगोमा लैजान्छौं, र राष्ट्रको नेतृत्व गर्छौं, एक–डेढ वर्षमा माओवादीले फेरि चमत्कार गर्छ । अहिले नै प्रतिगामीहरुको सातो जान थालिसकेको छ ।
प्रचण्डको घोषणामा कति दम होला ? विश्वास गर्न सकिएला ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper