banner
banner

राजधानीमा निशुल्क इन्टरनेट

काठमाडौं, भदौं ९ । सरकारले सिंहदरबार क्षेत्र, पद्मकन्या क्याम्पस र सञ्चारग्राममा निःशुल्क ब्रोडब्यान्ड ईन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । सो क्षेत्रमा आगामी २ वर्षसम्मका लागि निःशुल्क ईन्टरनेट उपलब्ध गराउने गरी सरकारी योजना अगाडि बढाएको छ । सिंहदरबार क्षेत्र र पद्मकन्या क्याम्पस क्षेत्र र सिनामंगलको सञ्चारग्राम क्षेत्रमा ब्रोडब्यान्ड इन्टरनेट कनेक्टिभिटी उपलब्ध गराउन प्रक्रिया अगाडि बढिसकेको नेपाल दुरसञ्चार प्राधिकरणले जनाएको खवर आजको नागरिक दैनिकले छापेको छ ।

‘सो क्षेत्रमा बोर्डब्याण्ड इन्टरनेट कनेक्टिभिटी उपलब्ध गराउन प्रक्रिया अगाडि बढेको छ,’ प्राधिकरणका प्रवक्ता मीनप्रसाद आचार्यले भने,‘ सो क्षेत्रमा नेटवर्क विस्तारका लागि इच्छुक कम्पनीबाट आवेदन मागिएको छ ।’ @ everest

प्राधिकरणले उक्त स्थानमा ब्रोडब्याण्ड इन्टरनेट नेटववर्क बिस्ताका लागि इच्छुक कम्पनीले २ असोजसम्म आवेदन दिनसक्ने गरी ४ भदौमा सूचना निकालेको छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper