banner
banner

सांसदले सांसदलाई बाँदर भनेपछि

गोविन्दप्रसाद पौडेल -
साउन ३२ को संसद बैठकमा सांसदले सांसदलाई बाँदर भनेपछि हंगामा नै भएको थियो । के सांसदहरु बाँदरभन्दा माथिल्लो दर्जाको काम गरिरहेका छन् ? यसपछि अनेक प्रश्न उठेका छन् र सांसदप्रति दयाभाव प्रकट भइरहेको छ ।
एमालेका सांसद ममता गिरीले आफ्नो पार्टीले पेश गरेको प्रस्ताव उत्तम भएको र यस्तो प्रस्तावलाई बाँदर प्रवृत्ति भएकाले मात्र बिरोध गर्छन्, अस्वीकार गर्छन् भनेकी थिइन् । यसपछि के चाहियो, बोलक्कड कांग्रेसका सांसद रामहरि खतिवडा बुर्लुक्क उफ्रिहाले– कसलाई बाँदर भनेको । आजनजिविकाका विषयहरुमा मर्यादा राखेर उच्च महत्व कहिले दियो ? खाली आफ्नो तलव भत्ता बढाउने, लाभका विषयमा मात्र फास्ट ट्य्राक र अन्य विषयमा उदासीनता देखाउने गरेका छन् । तिनै सांसदले एकदोस्राप्रति बाँदर र संसदीय मर्यादका कुरा उठाए ।
र, कांग्रेसका अर्का सांसद नारायण बहादुर कार्कीले बाँदर शव्द रेकर्डबाट हटाउन माग गरे । रेकर्डमा राखेर के हुन्छ, हटाएर के हुन्छ ? अहिलेसम्म संसदका यस्ता बहसहरु रेकर्डमा राखेर कसले गम्भीरताका साथ सुनेका होलान् ? पछि अनुसन्धानकर्तालाई काम लाग्ला, जसको वर्तमान छैन, उसको भविष्य के होला ?
त्यसपछि मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका योगेन्द्र चौधरीले मधेसलाई भारतको आँगन भन्ने, विहारसँग तुलना गर्नेले मधेस डुबानका सम्बन्धमा सार्वजनिक महत्वको प्रस्ताव ल्याउनु कत्तिको उचित हो ? भनेर प्रश्न उठाउनासाथ एमालेका तर्फबाट भीम रावलले आपत्ति प्रकट गरेका थिए । रावलले तराईका सम्बन्धमा एमालेले त्यस्तो कहिल्यै नभनेको अभिव्यक्ति दिएका थिए । तराई भनेको विहार हो भन्ने भनाईप्रति एमालेको आपत्ति छ भनेर एमालेलाई सच्याएका थिए ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper