banner
banner

एनवी वैंकमा भ्रष्टाचार

गभर्नरलाई चास्नी चटाएपछि कसैले केही नाप्दैन भन्ने नेपाल बंगलादेश वैंकका कार्यकारीले अव सफ्टवेयर र जग्गा खरिदमा करोडौं कुम्ल्याएका छन् ।
शेयर दलालीसँग मिलेर ८० प्रतिशत राइट शेयर जारी गर्दा ८ लाख शेयर फर्जी रुपमा अनियमितता गरेको आरोप लागेका यी कार्यकारीमाथि नेपाल राष्ट्र बैंकले कारवाह िनगरेपछि प्रमाणसहित अख्तियारमा उजुरी परेको छ । अख्तियारले कारवाही गर्ला त ? खबरअनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एनबी बैंकको जग्गा खरिद सफ्टवेयर परिवर्तन तयारीका सम्पूर्ण फाइल राष्ट्र बैंक मार्फत मागेको  छ । अख्तियारमा परेको २१५३३ नंम्बरको उजुरीको छानबिन क्रममा फाइल झिकाउने निर्णय भएको र यसमा राष्ट्र बैंकसमेत कारवाहीमा पर्ने देखिएको स्रोतले जानकारी दिएको छ ।
यहीकारण कार्यकारी ज्ञानेन्द्र ढुंगाना यतिखेर देउवापत्नी आरजु र प्रचण्डका निकट व्यक्तिहरुको सम्पर्कमा पुगेको बताइन्छ । बैंकहरुमा चर्चा चलेअनुसार देउवाका साला भूषणले ज्ञानेन्द्रलाई नआत्तिनु भनेका छन् । ढुंगानालाई कमलादीको जग्गा खरिद र बैंकको सफ्टवेयर खरिदमा खान त खानेभए तर जेजति खाइसकेका छन्, त्यसैमा ढुंगा लागेकोबताइदै छ । अव कुनै हालतमा ज्ञानेन्द्र ढुंगाना भ्रष्टाचारबाट उम्किन नसक्ने भनिरहेका बेलामा संसदको समितिले साझा प्रकाशनको भ्रष्टाचार र आयल निगमको जग्गा खरिद काण्डमा छानबिन हुनथालेको र यसमा कुनै कारवाही नहुने राजनीतिक माहोल बनिसकेको बताउनेहरु भन्छन्– ढुंगाना त्यही लटका कारण कारवाहीबाट बच्न सक्छन् ।
यी ढुंगानामाथिको अर्को गम्भीरअ ारोप भनेको अष्ट्रेलियाको ग्रीनकार्ड हो । यिनीसँग ग्रीनकार्ड छ कि छैन भनेर अख्तियारले खरी घस्ने हो भने यिनको कार्यकारी पदमात्र जाने होइन कि यिनको नेपालमा भविष्यसमेत समाप्त हुनेछ ।
एडभान्स लिइसकेको सफ्टवेयर खरिदको पैसा ब्रिफकेसमा हालेर ढुंगाना डुबतेका तिनकेका सहारा खोज्दै हिड्दा भूषण उनका लागि भाग्यबिधाता बनेरअ अगाडि आएको चर्चा पनि छ । ढुंगाना अख्तियार प्रमुखका प्रिय मित्र पनि हुन् । यही मित्रताका लाभ उठाएर ढुंगानाले कमिशन खाइरहेका हुन् । अख्तियारमा जति उजुरी परे पनि दीप बस्नेतले लुकाइदिने गरेका छन् । तर यतिबेला दीप बस्नेत नै निलम्बनमा पर्ने खतरा बढेर गएको छ । उनीमाथि महाभियोगको खतरा पनि छ । दीप जसरी पनि उम्कने सूत्र खोजिरहेका कारणले ढुंगानाको छटपटी अरु बढेको हो । यिनको दौडधूप नेताहरुको बढेको देखिन्छ ।
अचम्मको कुरा त के पनि छ भने सूरा र सुन्दरी प्रिय भनेर वेंकरहरुवीच निकै बदनामीकमाएका कार्यकारी प्रमुख हुन् एनवी बैंकका यी ढुंगाना । बंगाली सञ्चालकहरुलाई खुशी पार्न जति पनि अनैतिक काम गर्न उक्सने र आफ्ना लागि कमिशनको जोहो गर्ने ढूंगाना अव भने फन्दामा परे भनिदैछ ।
बैंकका लागि खरिद गरेको सवा करोडको गाडी यिनले आफ्नै नाममा पास गराएका छन् । सवा करोडको गाडी चढ्ने यिनको हैसियत र आर्थिक अनियमितताका बारेमा छानबिन गर्न सम्पत्ति शुद्धिकरण विभागले किन चासो नदिएको हो ? त्यता पनि यी ढुंगानाविरुद्ध दश उजुरी परेको बताइन्छ । सतर्कता केन्द्रमा समेत बंगलादेश बैंकको फाइल उठेको छ ।
यद्यपि बैंकरहरुमा एक दर्जन विदेशी ग्रीनकार्ड होल्डरहरु रहेका छन् । ग्रीनकार्ड होल्डरले वैंकको कार्यकारी हुन पाउने कि नपाउने ? नेपाल राष्ट्र बैंकले यस सम्बन्धमा आँखा चिम्लिदा बैंकरहरु आर्थिक अनियमितता गर्न उक्सिएको दावी छ केही विज्ञहरुको ।
राष्ट्र बैंकका गभर्नर आफै ग्रीनकार्डका पक्षधर भएकाले बैंकहरुले मुनाफा र कमिशनका लागि बढी ध्यान दिइरहेका छन् । बैंकहरु सेवाभावले भन्दा पनि कसरी कमाउने भन्नेमा लागेका र कार्यकारीहरु कमिशनमोहमा फसेकाले बैंकहरुको प्रगति त देखिन्छ तर देशको अर्थतन्त्त यो सुन्निएर मोटाएकोजस्तो हुँदै गएको छ । अझै सतर्क नहुने ?
नेपाल बंगलादेश वैंकका कार्यकारी ज्ञानेन्द्र ढुंगाना त उदाहरणमात्र हुन्, यस्ता कार्यकारीहरु अनेक वैंकहरुमा कार्यरत छन् । अधिकांश कार्यकारीहरु कि त केटीको मामिलामा, कि कमिशन र अनियमितताका मामिलामा डामिएका भेटिन्छन् । नेपाल राष्ट्र बैंकका गभर्नरको रामरमिते चालामालाका कारण बैंकहरुमा भित्री समस्या थपिदै गएका छन्, कुनै दिन नेपालको अर्थतन्त्रमा ठूलै भूइँचालो जानसक्ने बताइन्छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper