banner
banner

सामुहिक राजीनामाको हल्ला

काठमाडौं । सत्ता भनेपछि मरिहत्ते गर्ने र सत्तामा पुग्नासाथ भ्रष्टाचार गर्न थालिहाल्ने मधेसी नेताहरुले सरकारलाई धम्की दिएर भनेका छन्– संविधान संशोधन भएन भने चुनावमा गइन्न, समर्थन फिर्ता लिइन्छ र संसदबाट मधेसका सबै सांसदहरुले सामुहिक रुपमा राजीनामा दिनेछन् । कसैले नपत्याउने धम्की हो यो । यिनले अन्तिम आन्दोलन गर्न मधेसतिर लाग्छौं भनेर प्रधानमन्त्रीको सातो खान सक्छन्, तर मधेसमा अव आन्दोलन हुन मुस्किलै छ ।
स्मरणीय छ, महन्थ ठाकुर, सत्यनारायण मण्डल, राजेन्द्र महतोहरुले यसरी दम्क्याएपछि प्रधानमन्त्री तेश्रो चरणको निर्वाचनमा बाधा आउने बुझेर संविधान संशोधन प्रस्ताव संसदमा पेश गर्ने निधोमा पुगेका छन् । सकभर पारित गराउने, नसके संशोधन प्रस्ताव संसदमा थाँती नराख्ने सहमति सत्ताधारी प्रचण्ड र देउवावीच भएको छ । यिनले यो जानकारी राजपालाई पनि दिएका छन् ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper