banner
banner

जुत्तामा बुद्ध, अव धर्मप्रति अनास्था

रोशन कार्की - 
पहिले जुत्तामा बुद्ध टाँसेर अनास्था फैलाउने साजिस गरियो । बुद्धमार्गी र हिन्दुहरुले यतिधेरै आलोचना गरे कि साजिसकर्ताहरु सतर्क भए ।
अव हिन्दु देवीलाई यसरी आक्रोसित पार्नेगरी अनास्था फैलाउने काम गरिदैछ । यो साजिसको अर्थ नेपालमा साम्प्रदायिक दङ्गा फैलाउने उद्देश्य देखिन्छ । कहिल्यै धार्मिक द्वन्द्व नभएको नेपालमा धार्मिक झगडा गराएर क्रिश्चियन धर्मलाई संस्थागत गर्ने र हिन्दुधर्म नास गर्ने यस्ता उद्देश्यहरु पूरा हुन्छ भनेर सोच्नेहरु दयाका पात्र हुन् । जुन देश धर्ममा अडेको छ र धर्मप्रति आस्था राख्छ र सर्वधर्म समभाव भन्छ, त्यस्तो देशमा यस्ता धार्मिक अनास्था फैलाउने साजिस असफल हुनेछन् । यस्ता प्रचार गर्नेहरु थाक्नेछन् ।
यतिबेला यस्ता कुकृत्य गर्नेहरुले सामाजिक सञ्जालभरि हिनदुधर्मप्रति यसैगरी अनास्था फैलाउने काम गरिरहेका छन् । यसको जानकारी सुरक्षा निकायले गृहमन्त्रालयसम्म गरेको छ तर क्रिश्चियन गृहमन्त्रीले हिन्दुधर्मविरुद्धका यस्ता प्रचारमा रमाइलो मानेर हो कि कुनै कारवाही गर्न निर्देशन दिएनन् ।
यतिसम्मको अतिवादी सोच लोकतन्त्रमा कसरी सह्य हुनसक्छ । सरकारले यसप्रकारको असामाजिक कार्यलाई किन छुट दिइरहेको छ ? बहुजाति र बहुधार्मिक मुलुक हो नेपाल, ९५ प्रतिशत ॐकार परिवारको बसोबास गर्ने देश हो नेपाल । यस्तो शान्तिक्षेत्रलाई अशान्त पार्ने दुष्टहरुले शिर उठाउन थालेका छन्, शिर उठाउन देउवा सरकारले मौका दिइरहेको छ । यसकारण यस्तो सरकारको रवैयाप्रति जति आलोचना गरे पनि कमै हुनछ । धर्मनिरपेक्ष भनेको हिन्दूहरुलाई अपमानित गर्नु र हिन्दु धर्मको अवहेलना गर्नु होइन । नेताहरुको पाखण्डप्रति अव जनस्तरबाटै बिरोध हुनुपर्छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper