banner
banner

को को हो मानव बेचबिखन गर्ने भन्दिउँ ?

परिआयो भने म महिला बेचबिखन गर्नेहरुको नामै भनिदिन सक्छु । श्रम तथा रोजगार मन्त्री फरमुल्लाह मन्सुरका अनुसार हरेक दिन सयौं फोन आउँछ, सबैको धाउन्ना खाडी मुलुकमा कामदार पठाउने रोक्का फुकुवा गरिदिनुपर्‍यो  भन्ने हुन्छ । नेताहरुको फोन आएपछि मेनपावरवालाहरु भेट्न ल्याउँछन् र यही माग दोहोर्‍याउँछन् । मानव तस्करीको जालोमा नेताहरु त बिकिसकेछन् । यो देखेर म त जिल परेको छु ।
खाडी मुलुकहरु कुवेत, कतार, साउदीलगायतमा घरेलु कामदार पठाउन सरकारले गत चैतमा रोक लगाएको थियो । युवतीहरुमाथि चरम यौनशोषण भएको, मानसिक र शारीरिक यातना दिइएको, तलव नदिई लखेट्ने गरिएको, एक मालिकले अर्कोलाई बेच्दै जाने गरेकोजस्ता अनगिन्ति उजुरी आएपछि सरकारले खाडीमा घरेलु कामदार पठाउन रोक लगाएको हो । देशी र विदेशी मानव तस्करहरुमा नेपाली युवतीहरुको माग बढेपछि नेताहरुलाई राजनीतिक हतियारका दबाबमा मन्त्रीलाई बन्देज खोल्न भनिरहेका छन् । स्वयम् मन्त्री त्यस्तो दबाब खेप्न नसकेर प्रतिनिधिहरु पैसामा बिक्न थालेको बताउँछन् ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper