banner
banner

नेपाल मारवाडीको कि नेपालीको ?

फणिन्द्र नेपाल -
सन्दर्भ– नेपाल–भारत शान्ति तथा मैत्री सन्धि (१९५० जुलाई ३१)
जसको हातमा अर्थतन्त्र छ, यथार्थमा राज्य त्यसैको हुन्छ, जस्तो कि जगजाहेर छ अहिले नेपालको अर्थतन्त्र मारवाडीहरूको हातमा छ ।
मारवाडीहरू नेपालमा कपडाको व्यापार मात्र गर्दैनन्, यिनीहरू अहिले बैंक, फाइनान्स कम्पनी, अस्पताल, वीमा कम्पनी, फार्मेसी, विद्यालय तथा कलेज, यातायात, हवाई उड्डयन, निर्माण, बस्तु उत्पादन र वितरण आदिका साथै राजनीति पनि गर्ने गर्छन् । ठूला साना राजनीतिक दलका नेतालाई पैसाको बिटो दिएर यिनीहरू नेपालको संसद्मा पनि पुगेका छन् । अर्थात् नेपाल अहिले मारवाडीको हातमा छ । नेपाल कसको ? स्वदेशी बनेर पसेका मारवाडीको कि नेपालीको ? सन् १९५० जुलाई ३१ को नेपाल–भारत सन्धिको धारा ६ र ७ को प्रावधानमा टेकेर यी मारवाडीहरू लोटा बोकेर नेपाल छिरेका हुन् । अहिले वास्तविक नेपालीलाई लोटा बोकाएर हिंडाउने हैसियतमा पुगिसके । अब यही स्थिति रहिरहन सक्तैन । नेपालीकै हातमा नेपालको अर्थतन्त्र हुनुपर्छ ।  –

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper