banner
banner

राजपाको प्रचार भाजपाका राजदूतबाट

गोविन्दप्रसाद पौडेल - 
काठमाडौं । भारतीय राजदूत मञ्जिव सिंह पुरीले उदयपुरबाट राजपाका लागि प्रचार अभियान थालेका छन् । काठमाडौंमा राजपाले चुनावमा सहभागी हुनुपर्छ भन्ने राजदूतले उदयपुर पुगेर चुनाव प्रचार थालेका हुन् । उनले भारतको सहयोगमा कमी हुने छैन भन्ने आश्वासन पनि दिएका छन् । भारतीय राजदूत मन्जिभ सिंह पुरीले नेपालको शिक्षा क्षेत्रमा भारत सरकारले लगानी बढाउँदै गएको पनि बताएका छन् ।
उदयपुरको चौदण्डी नगरपालिका ४ मा रहेको नारद आर्दश शिक्षा क्याम्पसको नयाँ भवनको गत शुक्रबार शिलान्यास गर्दै भारत सरकारले शिक्षा क्षेत्रमा सहयोग बढाउँदै जाने बताएका हुन् । स्मरणीय छ, क्षेत्र नम्बर २ मा असोज २ गते निर्वाचन हुने कार्यक्रम तय भइसकेको छ । निर्वाचन आयोगले पनि निर्वाचन कार्यक्रम सार्वजनिक गरिसकेको छ । घुमाउरो पाराले राजदूतले मधेसका मतदातालाई भारतको भरोसा गर्न उक्साउने खालको अभिव्यक्ति दिएका थिए ।
राजदूतले मधेससँग भरतीयको रोटी र वेटीको सम्बन्ध छ,भन्न पछि परेनन् । यो कार्यक्रममा राजदूत पुरीसँगै नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सहरी विकास मन्त्री डा. नारायण खड्का पनि पुगेका थिए । उनले आगामी दिनमा पनि सहयोगको अपेक्षा गर्दै राजदूत पुरीलाई धन्यवाद दिए, राजदूतका कुनै पनि अभिव्यक्तिमा आलोचना गरेनन् । राजदूत मधेसका स्कूलहरुमा शिक्षा, स्वास्थ्य, खानेपानीका कार्यक्रम लिएर दौडाहमा निस्कन थालेका छन् । यथार्थमा उनी राजपालाई जिताउने अभियान थालेको स्पष्ट रुपमा अनुभव गर्न सकिन्छ । यद्यपि अहिलेसम्म राजपाले निर्वाचनमा सहभागी हुने कि नहुने भन्ने निर्णय गरिसकेको छैन । सहभागी नभई उसलाई धर भने छैन ।
कुनै पनि मुलुकका राजदूतहरु अर्काको देशमा यसरी अािर्थक सहयोग बितरण गर्दै हिड्ने छुट पाउँदैनन् । तर नेपालका ठूला राजनीतिक दलहरुको सहभागितामा पछिल्लो पटक सूर्यबहादुर थापा प्रधानमन्त्री भएका बेलामा भारतलाई एउटा आयोजनाका लागि ५ करोडसम्मको योजना वितरण गर्ने छुट दिइएको थियो । त्यही छुट अन्तर्गत भारतीय राजदूतले झण्डै १५ सयजति आयोजना सञ्चालन गरेका छन् र भारुकै आडमा नेपालीको मानसिकता भारतीयकरण गर्ने गरिरहेका छन् । अव त मधेसको विकासमा राजदूत नै अग्रसर भएर चुनावालाई समेत प्रभावत पार्न थालेको देखियो ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper