banner
banner

हाम्रो झण्डा हाम्रो शीर

वाशुदेव वाग्ले - 
जनयुद्ध, जनआन्दोलन सकिएर शान्तिमार्गमा हिडिरहेको छ राष्ट्रिय झण्डा । अवको खोज, अवको आवश्यकता शान्ति हो । एकता र भाइचारा हो । यही शक्तिले नेपालको निर्माण, प्रगति सम्भव छ ।
नेपालको झण्डा बोकेर निरन्तर, हरेक दिन राजधानीलाई जगाउ“दै हिड्ने यी व्यक्ति हुन् लक्ष्मीनारायण शिल्पकार । राजधानीमा जतिसुकै भीड होस्, नाराजुलुस होस्, यी लक्ष्मीनारायण नेपालको झण्डा बोकेर सडक नापिरहेका हुन्छन् । यिनको अनवरत तपस्या नेपालको झण्डा नझुकोस् भन्ने हो ।
यिनले आमनागरिकलाई, बुद्धिजीवीहरुलाई, नागरिक समाजलाई, राष्ट्रसेवक सबैलाई हरेक दिन झण्डा उठाएर सावधान गरिरहेका छन् । खबरदार गरिरहेका छन् । जसरी पनि नेपालको झण्डा उठ्नुपर्छ भनिरहेका छन् ।
धन्य छन् यी लक्ष्मीनारायण । उनको ५ फुटे ज्यानभन्दा दोब्बर आकारको नेपालको झण्डा बोकेर हिडिरहेका भेटिन्छन् । सा“झ, विहान, दिन अथवा कुनै पनि बेला सहरको कुनै पनि कुनामा झण्डा बोकेर हिड्छ, नेपालको झण्डा उठाउ“छ भने त्यो व्यक्ति लक्ष्मीनारायण शिल्पकार हो भनेर अव सबैले बुझिसकेका छन् ।
का“धमा राष्ट्रिय झण्डा, शीरमा टोपी, दौरासुरुवाल र इष्टकोट लगाएर यिनी हिडिरहेका हुन्छन् । लाग्छ, यिनको पाइला रोकियो भने नेपालको गति पनि रोकिनेछ । तर यिनको अनवरत यात्रा जारी छ र हामी सबै नेपालीहरुलाई यिनले नेपालको झण्डा, टोपीप्रति सजग गराइरहेका छन् । यिनीस“गै युवतीहरु आजकल झण्डा अंकित टोपीमा सजिन थालेका छन् । टोपी दिवसमा मात्र होइन, अरु दिनमा पनि युवतीहरु टोपीको महत्व झल्काइरहेका भेटिन थालेका छन् ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper