banner
banner

बाहिरी चक्रपथ अवरोधै अवरोध

बाहिरी चक्रपथ निर्माण गर्न चीनले दशकअघि नै सहयोगको बचन दिएको । तर सहरी विकासका इन्जिनियरहरुको लोभलालचले गर्दा अधिग्रहणमा समस्या आयो र निर्माण सुरु भएन । त्यही रकम पहिलो रिंगरोडलाई सुधार गरिदिन आग्रह गरियो र चीनले यतिबेला पहिलो रिंगरोड बिस्तार गरिरहेको छ ।
सहरी विकासले फेरि दोश्रो रिंगरोडको निर्माण अघि बढाउने निर्णयमा पुगेर यसको लागत ६ अर्व तय ग¥यो । तर पहिलो फेजमा सतुंगल चोभारसम्मको ६ किलोमिटर खण्ड निर्माण गर्ने भनिए पनि त्यसको फाइल अघि बढेको छैन ।
सडकमा पर्ने जग्गा रोक्का राखेर अधिग्रहण गर्नुपर्ने विषयमा नै किचलो सुरु भएको छ । सचिव दीपेन्द्रनाथ शर्माका अनुसार काम रोकिएको छैन, आवश्यक प्रक्रिया अगाडि बढाइएको मात्र हो । केही दिनमै प्रक्रिया पूरा भएर निर्माणको काम अघि बढ्छ । तर कानुनी राय सकारात्मक अँउने सम्भाबना कम छ । सचिवस्तरीय निर्णयबाट बाहिरी चक्रपथ विकास आयोजना अगाडि बढाउन आयोजनाका अधिकृत ध्रुव सापकोटालाई प्रारम्भिक अधिकारी तोकिएको थियो । जग्गा रोक्का गर्न नेपाल सरकारको निर्णय हुनुपर्ने माग जिल्ला प्रशासन कार्यालयले गरेपछि मन्त्रिस्तरीय वा मन्त्रिपरिषद् कुन तहबाट गराउ“दा उपयुक्त हुन्छ भन्ने विषयमा नै दोश्रो रिंगरोडको प्रकृया रोकिएको सचिवले बताएका छन् ।
अहिलेसम्म उपभोक्ता समिति समेत गठन हुनसकेको छैन । प्राधिकरणले ठोस निर्णय गर्न सकेको छैन भने रिंगरोडमा जग्गा पर्नेहरुले अहिलेको मूल्यमा क्षतिपूर्ति दिनुपर्ने माग अघि सारेका छन् । यहीकारणले गर्दा आठ हजार नागरिकलाई प्रत्यक्ष असर पर्ने योजनामा पीडितको सहमति नदेखाई जग्गा रोक्का गर्न खोजिएको, के कसरी उपभोक्ता समितिले काम गर्ने भन्ने टुंगो नभई फाइल अगाडि बढाउन नसकिने र जबरजस्ती गरे दुर्घटना हुने बताइदैछ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper