banner
banner

वक्तव्य बाहेक प्रत्यक्ष जनसम्पर्कमा आउन नसकेको हो वा नचाहेको हो ?

स्वयम्भुनाथ कार्की - 
जती खेर बाईसे चौबीसे राज्यहरु लगायत तीन शहरका शासकहरु मोजमस्ती तथा भोग विलासमा मस्त थिए, त्यही समयमा बीस बर्षे गोरखाली ठिटो राजा भए पछि निरन्तर जनताको सल्लाह सुझाव र सहयोगको निमित्त भौतारिरहेको थियो । बीसे नगर्चीको सल्लाह अनुसार जनताबाट सहयोग र साथको आकांक्षा लिएर भौतारिएको राजालाई जनताले निरास बनाएनन्, बरु शक्ति थपिदिए र नै आधुनिक नेपालका एकिकरण कर्ताको रुपमा श्री ५ पृथ्वी नारायण शाहको नाम कायम भयो । तुलनात्मकरुपमा कमजोर तथा सानो राज्य गोरखाले आफु भन्दा शक्तिशाली र ठुला राज्यलाई नेपालमा मिलाउन सफल हुनुमा जनताबाट उनलाई प्राप्त शक्तिको भूमिका छ ।
विजित राज्यका सत्ता र शक्तिको नजिक रहेका बाहेक सार्वसाधारण रैतीको स्नेह पाउन उनले पनि तिनको मान राखेका थिए । त्यसैले त अरुण पुर्वका लिम्बु सरदारहरुले सेन राजा र राई मन्त्रीको झगडामा हुनलागेको आङ्खनो दुर्गती रोक्न नेपाललाई नै सम्झे । कन्काईमाइसम्म आएको सिक्किमलाई धपाएर टिस्टा पु¥याउने नेपाललाई लिम्बु सरदारहरुले वरण गरेकै हुन, उनका वंशज रहुन्जेल । 
दुई बर्षको उमेरमा पहिलो शिशुराजा भए रणवहादुर शाह, जसको नायबीको कलहमा शक्तिको श्रोत जनतामा हुन्छ भन्ने सत्य नकारियो र भारदार वा कुलीन वर्गको गुट र उपगुटहरुमा शक्तिको श्रोत हुन्छ भन्ने गलत मान्यताले जरो गाड्यो । यसको असर त हुनु नै थियो भयो, कहिले थापा कहिले पाण्डेको कलहमा फसेर सर्वसाधारण जनता समेतका पुर्खाकोे रगत पसिनाले बनेको मुलुकमा राजाहरु सय सवासय बर्ष खोपीमा थुनिन बाध्य भए । राजा राज्यच्यूत भएर आङ्खनो छोराको वैधानिक सत्तामा पनि जेलमा थुनिन बाध्य भए । यदी राजेन्द्र विक्रम शाहले सर्वसाधारण जनता शक्तिका श्रोत हुन भन्ने तथ्य वेलैमा स्विकारेका भए राजा सुरेन्द्रका नाममा जंग बहादुरले उनलाई जीवनको उत्तराद्र्धमा जेल हाल्न सक्ने थिएन । 
यो कुरा माने पनि जनतालाई भागबण्डा लगाउने परिपाटी शुरु भयो । यी हाम्रा जनता यी विरोधीका जनता भनेर जनतालाई टुक्रा पार्ने त्यतिखेर शुरु भएको अपराध अहिलेसम्म कायम नै छ । दलहरुलाई आआङ्खनो धुनमा मस्त रहन छोडेर फेरी युग पछि राजा महेन्द्र सर्वसाधारण जनतास“ग शक्ति प्राप्त गर्न जनताको घर दैलोमा पुग्न थाले । जनताको शक्तिका श्रोत हुन भन्ने सत्य बोध भएका उनले अत्याधिक बहुमत प्राप्त सरकारको ठाउमा आपैmले सत्ता संचालन गर्ने हिम्मत गर्न सके । पछिल्ला एघार बर्ष उनको कार्यकालमा जनता जनता विच भिन्नता हैन एकता ल्याउने प्रयत्न गरे । जनतासंग प्रत्यक्ष सम्वन्ध कायम गर्ने कामलाई महत्व दिएका कारण उनको त्यो एघार बर्षको कार्यकालमा कुनै ठुलो विरोध खेप्नु परेन ।
यो अबस्था उनी पछि भने कायम रहन सकेन, भाई भारदार नातेदार वा प्रभवाशाली मानिएकाहरुले बनाएको घेरा राजतन्त्रले चिन्न सकेन । राजा र जनताको प्रत्यक्ष सम्पर्कको कुरो त परै जाओस सामान्य दर्शनभेटमा पनि पोशाक, दरवारिया भाषा जस्ता व्यबधान खडा गरेर राजा र जनता विचको पर्खाल झन मजबुत बन्दै गयो । अन्ततः सर्वसाधारण जनताबाट टाढा भएको परिवार पारिवारिक कलह कै कारण मृत्यु बरण गर्न पुग्यो । यो तथ्यमा कसैले आरोपको रुपमा अगाडी सारेको पात्र होस वा छानविन समितिको प्रतिवेदन होस दुवैले परिवार भित्रवाट नै हत्याकाण्ड मच्चिएको तर्पm औल्याउ“छन । त्यसैले जनताबाट टाढा भएर आपैm र आङ्खना सिमित घेरामा बा“धिएको राजपरिवारले विभत्स रक्तपातको शिकार हुनपरेको भने तथ्य हो ।
संविधानमा भने सार्वभौमसत्ता सम्पन्न लेखेर त्यो सार्वभौम अधिकार आपैmले कुम्लाउने परिवर्तका नेतृत्वकारीहरु त केवल जपनाको निमित्त मात्र जनतालाई शक्तिश्रोत मान्छन्, व्यवहारमा हैन । क्षेत्रीय अनि जातिय नेताहरुको त कुरै छैन उनीहरु त जनतालाई आङ्खनो कर्मचारी नै ठान्छन् । उनीहरुको कुरा नमानेमा गद्दार भनेको कुरा अब अनौठो लाग्दैन किनभने यो नसुनेको दिनै हु“दैन । वेग्लै धार बोकें भन्ने थापा काजी, लोहनी बाजे वा विष्ट मुखियाहरुलाई पार्टी प्रवेश गराउ“दै र एक अर्काको उछित्तो काढ्दै ठिक छ । अरुले नभए पनि केशरवहादुर विष्ट जस्ताले त बुभ्mनै पर्ने हो पार्टी प्रवेश पेशा भएका प्रसस्त छन ।
भ्रष्टाचार विरुद्धको सडक नाटकका पात्र घेरै छन, निर्देशक धेरै छन् । उनी जस्ताले त सर्वसाधारण जनताबाट शक्ति हासिल गर्ने तिर लाग्नुपर्ने हो । स्थानिय निकाय वा तह जे भने पनि प्रत्यक्ष जनतासंगको सम्वन्ध हो बीसौ बर्षदेखि विच्छेद भएको यो सम्वन्घ राख्न जान्ने धेरै कममात्र चुनिएका छन् । के त्यतितखेर विना पद पनि जनतासंग प्रत्यक्ष संवन्ध कायम गरेर शक्ति हासिल गरेको कुरा लोहनी, बिष्ट जस्ता पुराना नेताले भुले त ? कमल थापाहरु त त्यसवेला राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलमा त्यही राजनीतिको जग वसाउ“दै थिए जो अहिले हरेक दलका युवा विभागकाहरु गर्र्दैछन् । अर्थात आङ्खनो कुरा जसरी भए पनि मनाउनु , विरोध गर्नेको गर्र्नेको संभव भए जरो नै उखेल्नु ।
यो जनताबाट शक्ति लिने काम ‘राजा’ले पनि गर्न सक्ने हो । जुनवेला राजकाज चलाईदै थियो त्यो वेला देश भित्रको मात्र हैन बाहिरको पनि ख्याल राख्नु पर्ने थियो । तर पाखा लागिसकेपछि शक्ति त केवल जनताबाट नै प्राप्त हुने हो । जनताबाट शक्ति लिन आफु र जनताको विच अबरोध हुनुहु“दैन भन्ने तथ्य कुनै राजाको जीवनमा आई पर्ने सबैभन्दा कठिन र पिडादायक अनुभव बटुलेका राजा ज्ञानेन्द्रलाई थाहा छैन होला भनेर मान्न सकिने कुरा हैन । त्यसमाथि जनताको हारगुहार पनि उनले सुनिरहेका छन् । तर मात्र वक्तव्य बाहेक प्रत्यक्ष जनसम्पर्कमा आउन नसकेको हो वा नचाहेको हो यो त कि उनै जानुन् कि राष्ट्रदेव श्री पशुपतिनाथ नै ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper