banner
banner

अध्यागमन कि मानव तस्करी

काठमाडौं । दलाल, मेनपावरवाला, ट्राभल एजेन्सी, एयरलाइन्सका कर्मचारी, सुरक्षाकर्मीस“ग मिलोमतो गरेर नेपालमा बसिरहेका अपराधी, वैदेशिक रोजगारीमा जाने महिला र विशेष मिसनमा जान लागेका व्यक्तिहरुलाई सेटिङ मिलाएर उड्न अनुमति दिने धन्दा अध्यागमनका अधिकारीहरुले चलाइरहेका छन् । एयरपोर्टमा अध्यागमनका कर्मचारी नै मानव बेचविखन र कानुन तोड्ने निर्णँयक बन्ने गरेका छन् । पहिले पहिले अख्तियारले छापा मारेर केही कारवाही गर्न खोजेको थियो, अहिले अख्तियार सरकारको हनुमान बनेपछि एयरपोर्टमा कर्मचारीतन्त्रको चा“दी कटाइ भइरहेको स्रोतहरुले बताएका छन् ।
ताजा घटना उज्वेकिस्तानकी महिला पक्राउ परेबाट स्पष्ट हुन्छ कि अध्यागमनका कर्मचारी के गर्दैनन् ? अध्यागमनमा पक्राउ परेकाहरुलाई कानुनका छिद्र खोजी खोजी उन्मुक्ति दिने र शुभलाभ गर्ने काम विभागमा पनि भइरहेको छ । दलालले खुलेआम भन्छन्– हामी उडाइदिन्छौं, सेटिङ हामी मिलाउ“छौं, कसलाई उडाउने हो, कति आउ“छ, काम ल्याउनु ? मानिस उडाउने कि भित्र्याउने, आजकल अध्यागमन विभाग दलालको मुठ्ठीम कब्जा भएजस्तो छ । भन्नेहरु भन्छन्– अध्यागमन ठेक्कामा चलिरहेको छ ।
विभागका एक कर्मचारी भन्छन्– यो हाम्रोमात्र बसमा छैन । मन्त्रालयसम्मको दबाब आउ“छ । काम नगरी सुखै छैन । चुपचाप काम गर्नु र जे पाइन्छ लिनुमा नै कर्मचारीहरुको खैर देखिन्छ । के गर्ने ? यस्तै छ ।
भ्रष्टाचार नहेर्ने अख्तियार किन चाहियो ?
काठमाडौं । ३ सय ६२ दिन ठूलो खर्च गर्न नसक्ने प्रशासकहरुले आर्थिक वर्षको पछिल्लो ३ दिनमा ५० अर्वको चेक काटेछन् । ३ दिनमा ५० अर्व खर्च गर्ने क्षमता एकाएक कसरी आयो कर्मचारीहरुलाई ? ३ दिन र आर्थिक वर्षको अन्तिम दिन असार ३१ गते शनिवारसमेत वैंक खोलेर आधारातसम्म चेक काट्नुपर्ने आवश्यकता राष्ट्रलाई कसरी प¥यो ? यो सवालको जवाफ अख्तियारले खोजेन ।
राजनीतिक दलहरुले दबाब दिए भन्दैमा आर्थिक नियम कानुन, राष्ट्र बैंकको देनिकी सबै बदलिन सक्छन् ? यही हो आर्थिक अनुशासन भनेको ? यसरी खर्च गरिनुभनेको भ्रष्टाचार हो, यस्तो जघन्य भ्रष्टाचारको अर्थ र औचित्य पनि खोज्दैन भने अख्तियार किन चाहियो ?
झण्डै १५ सय कर्मचारीले विदेश भ्रमणa गरेछन् । आर्थिक वर्षको अन्तमा बजेट सिध्याउन विदेश भ्रमणमा जानेको पनि लर्को नै लागेको देखियो । विदेश भ्रमणबाट राष्ट्रले के पायो ? जनताप्रति जिम्मेवार सरकारले भन्नुपर्छ कि पर्दैन ? समीक्षा हुनुपर्छ कि पर्दैन ? कति भ्रमण आवश्यक, कति अनावश्यक ? त्यसको छ्यानब्यान किन हुनसकेन ? सुजाता कोइराला, वर्षमान पुन देखि प्रचण्ड र उनकी श्रीमती उपचारका लागि वैंकक पुगेका छन् । यी कुन खालका सर्वहारा हुन्, जसको उपचार स्वदेशमा सम्भव हुन सकेन ?
यसरी जनताले तिरेको करको राष्ट्रिय ढुकुटी उडाएर व्यक्तिगत लाभ लिने र राजनीतिक, प्रशासनिक स्वार्थ पूरा गर्ने निरन्तरता जारी नै छ । कडा आर्थिक अनुशासन बिना देशको पुनर्निर्माण सम्भव छैन । सुशासनका नाममा कूशासन चलाउने र भ्रष्टाचारी मुलुक बनाउनेहरुलाई नियन्त्तण गर्ने नियामक निकायहरुले हो, त्यस्ता निकायहरुमा अक्षम व्यक्तिहरुलाई राजनीतिक पार्टीहरुले भर्ति गर्दा देशको दोहन बढ्दै गएको छ । भ्रष्टाचार नहेर्ने हो भने अख्तियारजस्ता निकाय सेता हात्तीसरह किन पालिरहने हो ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper