banner
banner

अर्जुन भए न अर्जुनदृष्टि हुन्छ

राजन कार्की - 
जो स्वार्थको चस्मा लगाउ“छ, उसले सत्य देख्नै सक्दैन । देखे बुझ्न सक्दैन । बुझे बेहोर्न सक्दैन । त्यसैले नेपाली राजनीतिमा अर्जुन छै्रन । अर्जुन नभएपछि अर्जुृनदृष्टि हुने कुरा पनि भएन । अर्जुनदृष्टि नभएको राजनीति हामी भोगिरहेका छौं ।
भरतपुर महानगर बाहेकका पहिलो चरणमा निर्वाचन सम्पन्न भएका गाउ“, नगरका जनप्रतिनिधिहरुले काम थालिसके । खोई कहा“बाट काम थाले तिनीहरुले ? सेवाग्राहीले सेवा पाउन मेवा ख्वाउनै पर्ने भ्रष्टाचारको मयल सफा भएको छैन । धुलो र धुवा“को पत्यौलमा क्यान्सर र क्षयरोगी हुनका लागि मतदाता अझै बाध्य छन् । सार्वजनिक शौचालय, सडकबजार, अन्य अस्तव्यस्ततामा कुनै सुधार आएको छैन । यतिमात्र होइन, राजधानीमा मेट्रो रेलदेखि गाउँ, नगरलाई स्वर्गै बनाइदिनेसम्मको गुड्डी हा“क्नेहरुले यसरी काम सुरु गर्दै अघि बढिनेछ भनेर सामान्य खाकासमेत सार्वजनिक गर्न सकेको देखिदैन । अव केही दिनमै दोश्रो चरणको निर्वाचनको परिणाम पनि सार्वजनिक भइसक्ने छ र निर्वाचन आयोगले त प्रदेश र संसदको निर्वाचनका लागि सरकारलाई घच्घच्याइसकेको छ । असोज २ मा तेश्रो चरणको र कार्तिकमा प्रदेश र राष्ट्रियसभा तथा मंसिरमा केन्द्रको निर्वाचन पनि होला । तर, २० वर्षपछि भएको स्थानीय तहको निर्वाचनले हुने विरुवाको चिल्लोपात देखाउला भन्ने आशा चाहिं दिनदिनै मर्दै जान थालेको छ । देखिन सुरु भएन अर्जुनदृष्टि ।
अर्जुनदृष्टि भएको भए लक्ष्य र उद्देश्य खुलस्त देखिने थियो । लोकको आँखामा शान्ति, सहजसेवा, समुन्नतिको अपेक्षा छ । लोकका आ“खाभरि जनयुद्धका रक्तपात, कूशासन, भ्रष्टाचार र अव्यवस्थाका फोहर बिजाइरहेका छन् । जनप्रतिनिधिहरुले आँखा सफा गरिदिने काम सुरु नै गरेनन् । लक्ष्यभेदनको अर्जुनदृष्टिका ठाउ“मा उही अन्धा धृतराष्ट्रको अन्धकारमा स्वार्थ खोज्ने दुस्प्रयास । गौरव गएगुज्रेको हुनु भनेको अवनतिको आकार हो । हरितन्नम राजनीतिको अनुहार हो यो ।
१ सय ४ वर्ष नै लाग्यो तर लोकले श्री ३ को जहा“निया“ शासन फालेकै हो । २ सय ४० वर्ष नै लाग्यो होला, निरंकूशताको प्रतिमूर्ति बनेको श्री ५ लाई किनारा लगाएकै हो । १ सय २६ जातिको नेपालमा जातीय उत्पीडन फाल्नैपर्छ भनेर समानुपातिक लोकतान्त्रिक गणतन्त्र ल्याएकै हो । फेरि किन जातीय द्वन्द्व ? राणाशाहीलाई माथ गर्ने बादशाही ? बिखण्डन र बिभाजनलाई मलजल गर्ने निरंकूशता ? श्री ३ र श्री ५ को ठाउँमा श्री ६ को सरकारको भूतले लोकलाई किन सताउन थालेको ? यी सवालको न्यायिक जवाफ समयले खोज्ला, इतिहासकारहरुले खोतल्लान् ।
सिसेरोले उहिल्यै लेखेका थिए– बुद्धिमान विवेकबाट, साधारण अनुभवबाट, अज्ञानी आवश्यकताबाट र पशु स्वभावबाट सिक्छ । हाम्रा नेताहरुले परिवर्तनको १२ वर्षपछि पनि उही विवेकहीनताले शासन किन गरिरहेछन् ? कोही च्यातिएको त्रिपालमुनी सकसका साथ बा“च्न खोजिरहेका छन्, कोही भने सिंहदरवार र शितल निवासमा लोकमुकुट भिरेर राष्ट्रिय ढुकुटी र राज्यसत्तामा ढसमस्स बसेका छन् । योभन्दा ठूलो बिभेद अरु हुन्छ र ? यी लोकनेता हुन् कि बुख्या“चा ? जनतालाई गएर सोधौं, उनीहरुले नमीठो मुख लगाएर तीतो अभिव्यक्ति दिएको सुनिनेछ । अर्थात लोकतन्त्र लोकको दैनिकी जीवनमा भिज्न सकेकै छैन । भिजाउने प्रयत्नमा कमी छ । प्रयत्न हुन इमान चाहिन्छ, नैतिक धरातलमा उभिन सक्नुपर्छ । इमान र नैतिकता नभएकाले परिवर्तनको १२ वर्षपछि पनि लोकतन्त्र के हो ? के हो ? भइरहेछ । सामान्य लोक भन्छन्– लोकतन्त्र भनेको लोकलाई हेर्ने व्यवस्था होइन रहेछ, मिलिजुली लुटिखाने व्यवस्था पो रहेछ ।
नेताहरुमा अर्जुनदृष्टि भएको भए लोकले यस्तो भन्थे ? लोक पल पल मरिरहेछन्, लोकको मृत्य राजनीति मोटाउने खुराक बनिरहेको छ ।
हाम्रा ढोकामा बिहानै खाली सिसी, पुराना कागज भन्न आउने विदेशी मेरा भारत महान भनेर गर्व गर्छ । हामीले हाम्रो नेपाल, राम्रो नेपाल भन्न समेत सिकाउन सकेनौं । चिन्ता सत्ता र शक्तिको छ, चिन्ता कमिशन र भागबण्डाको छ, अनि कसरी नेपालको चिन्ता र चासो देखिन्छ ?
फ्रान्स र स्पेनसूग टा“सिएको १८१ बर्गमाइलको एण्डोरा स्वाभिमानको शिखरमा छ । ठूला देशका सीमामा जोडिदैमा साना देशले कठपुतली हुनुपर्दैन भन्ने उदाहरण हो एण्डोरा । तर हाम्रा उपप्रधानमन्त्री भारत भ्रमणमा जान्छन् र प्रधानमन्त्रीको भारत भ्रमणको रुपरेखा तैयार गरेर फर्कन्छन् । फर्कदा भारतले बालबृद्धाले खाने दूध, ओखतीदेखि पेट्रोल, ग्यास रोकेको नाकावन्दीलाई समेत भुलेर एयरपोर्टमै भारतको बखान गरेर, भारतको सहृदयता र सहयोगको फुलझडी लगाउन बिर्सदैनन् । अनुपम सम्बन्ध छ भन्न पछि पर्दैनन् । हो, १८ सय ८ किलोमिटर खुला सीमा भएको नेपाल भारतको सम्बन्ध अनुपम नै छ । तर यो अनुपम, अनौठो सम्बन्धलाई हरेक दिन भइरहेको सीमा अतिक्रमण, हरेक दिन सीमामा सम्पत्ति र इज्जत लुटिएका नेपालीको पीडा कम गर्ने विषयमा उपप्रधानमन्त्रीले नेपाली पक्षको कुरा राखेर मैत्रीपन बढाउन आग्रह नगर्नु उनको लाचारी हो । भारतीय सुरक्षाकर्मीले नेपालमै पसेर गोविन्द गौतमको हत्या गरिदिए । त्यो हत्यामा भारतलाई माफी दिएर तत्कालीन प्रचण्ड सरकारले सहिद घोषणा गरेर गृहमन्त्री आफै केलाली पुगेर १० लाख दिएको फोटा खिचाएर नेपाल टिभीबाट देखाए । त्यही हो अनुपम सम्बन्ध ? अहिले खा“डो नदी नियन्त्रणमा भारतले ध्यान नदिदा र भारतपट्टी बाँध बाँधेर नेपाललाई डुवानमा पारेकोले बाढीको चपेटामा छ मधेस । पश्चिमतिर लक्ष्मणपुर बा“धले त्यस्तै उधुम मच्चाएको छ । कतिपय सीमामा भारतले कानुन नै मिचेर राजमार्ग बनायो । मेचीदेखि महाकालीसम्म र वीचमा सुस्ताजस्ता ६४ ठाउँमा नेपाल रोइरहेछ, मरिरहेछ तर हाम्रा शासकबर्गलाई यी केही पनि दुख्दैन । अनुपम सम्बन्ध भनेको भारतको थिचोमिचो र नेपालले सधैँ सहनुपर्ने हु“दैन । भारतलाई खुलस्त कुरा राखेर सम्बन्धमा गुलियो घोल्न सकिन्थ्यो, हाम्रा ठूला दलहरुले भारतको डरले देशको कुरै गरेनन् ।
१९५० को असमान सन्धिको नारा बगारेर चुनाव जित्छन् । दुईपटक प्रधानमन्त्री भए प्रचण्ड संशोधन अथवा खारेज गराउन सकेनन् । एमाले मौन छ, देउवा प्रधानमन्त्री छन्, भारत जानेछन् र उनले पनि यो कुरा उठाउने छैनन् । यस्तो राजनीतिबाट वाक्क भएका एक विश्लेषकले गतहप्तामात्र भनिदिए– कि सीमामा का“डे तार लगाउ, कि १९५० को सन्धि खारेज गर । अनिमात्र लोकतन्त्र मान्छु । यति भन्ने हिम्मत नागरिक समाज अथवा बुद्धिजीवीहरु कसैले गर्न सकेका छैनन् ।
भारतले प्रवुद्ध समूह भनेर गठन गरिदिएको छ । ठूला दलका भागबण्डामा नेपालको नेतृत्व गरिरहेका छन्– डा.भेष बहादुर थापा, नीलाम्बर आचार्य, सूर्यनाथ उपाध्याय र राजन भट्टराई । ४ पटक बैठक बस्यो, अझै विषय प्रवेश नै गरेका छैनन् । उल्टो भारतका प्रतिनिधि भगत सिंह कोसियारीले प्रेसका सामु मनको भडास निकाले– भारतलाई भेडिया भन्ने । भारत भेडिया बनेर आयो भने के हुन्छ ? यसको जवाफ न प्रवृद्धका नेपाली सदस्य, न नागरिक समाज, न त कुनै नेताले नै दिएको सुनियो ।
नर्दन सेक्युरिटी अफ इण्डिया– मेलिट्री साइन्सको यो पुस्तक हाम्रा कुनै नेताले पढेका छैनन् । पढ्ने बुद्धिजीवीहरुलाई पार्टीको झोला बोकेर बुद्धीलाई स्वार्थमा साट्दैमा फुर्सद छैन । भारतको नेपाल नीति के हो ? यही पुस्तकमा भारतको अर्जुनदृष्टि छ । हाम्रो राजनीति सत्तामा केन्द्रित छ, राजनीतिको अर्जुनदृष्टि त्यही हो ।
अस्तीमात्र राजपाका नेता महन्थ ठाकुरको टोलीले प्रधानमन्त्रीलाई भेटेर सोध्यो– संविधान संशोधन हुन्छ कि हुँदैन ? संशोधन हुन्छ भने पार्टी दर्ता गर्छौं, असोज २ को चुनावमा पनि भाग लिन्छौं । जवाफ चाहियो । प्रधानमन्त्रीले म संशोधनको प्रयासमा जुटेको छ । त्यसपछि ठाकुरले सिधै भनिदिए– हामी महामहिम राजदूतलाई भेट्न जाँदैछौं । नभन्दै महन्थको टोली लैनचौर दरवारमा पस्यो र राजदूत मञ्जिव सिंह पुरीस“ग घण्टौं गुप्तगु गरेर फर्कियो । राजपा दूतावासको निर्देशन खोजिरहेको छ, देउवा सरकार राजपालाई चुनावमा भाग लिन लगाइदेउ भनिरहेको छ । लोकतन्त्रको अर्जुनदृष्टि यही हो ?
ज्याक केम्पले लेखेका थिए– नैतिक आदर्शबिनाको प्रजातन्त्र असम्भव हुन्छ । के हामी असम्भव लोकतन्त्र पद्धतिमा छौं ?
संसारमा कुनै पनि देशका कूटनीतिज्ञलाई यसरी खुला राजनीति गर्ने छुट हुन्न । आचारसंहिताले पनि दिंदैन । तर अंग्रेज शासकले भायसरायमार्फत भारतलाई चलाएका थिए, नेपाली राजनीतिमा राजदूत भायसराय बनेर चलाइरहेको देखिन्छ । लोकसंसद छ, लोकनेताहरु छन् । अव त स्थानीय निकायहरुमा पनि जनप्रतिनिधि चुनिएका छन्, चुनिदैछन् । नेपाली माटोको राजनीति नेपाली माटोमै टेकेर गर्ने र विदेशीलाई मर्यादाको सीमामा राख्ने कहिले ?
अहिलेलाई यत्ति भनौं– जसरी अमेरिकाका राष्ट्रपति जर्जबुशले पनामाका राष्ट्राध्यक्ष नोरियगालाई तस्कर भनेर घरबाटै घिसारेर मिल्काइदिए, त्यसैगरी भारतले यो बुढो, ऐँजेरु लागेको पुस्तालाई दुधमा परेको झि“गालाई जसरी टिपेर मिल्काउने दिन नआओस् । किनभने जो आफ्नो जनताको, देशको हुन सकेन, त्यो विदेशीको कसरी भइरहन सक्छ र ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper