banner
banner

लुम्बिनीमा भ्रष्टाचार

काठमाडौं । बौद्ध विश्वविद्यालयले गर्नै नहुने काम गरेर पदाधिकारीले भु“डी भरेका छन् । जुन संस्था अस्तित्वमै छैन, उसलाई पनि सम्बन्धन दिएर यस्तो बुद्धवाणीविपरित काम गरिएको खबर छ । बौद्ध विश्वविद्यालयले बुद्धसम्बन्धि अध्ययनका लागि प्रोत्साहन गर्नुपर्नेमा नितान्त प्राविधिक विषयमा र त्यो पनि अस्तित्वमै नभएको संस्थालाई सम्बन्धन दिएर काशी काश्मिर अजव नेपालको तस्वीर देखाइदिएको छ ।
कानुनी अस्तित्व नै नभएका संस्थालाई बेरीतपूर्वक सम्बन्धन प्रदान गरेको देखियो,ु समितिको अध्ययन प्रतिवेदनमा भनिएको छ, यसबाट सम्बन्धन र स्वीकृति प्राप्त गर्नेलगायत विषयमा अनुचित प्रभाव, दबाब तथा व्यापक अनियमितताको सम्भावना महसुस गरियो । यसरी रिपोर्ट आइसकेपछि पनि
 नियामक निकायले सम्बन्ध दिनेमाथि किन कारवाही चलाइरहेको छैन । राजनीतिक पहु“च भयो कि कानुन मिच्ने छुट पाउनु गलत हो । लुम्बिनीले ५ भन्दा बढी सम्बन्धन जारी गरिसकेको छ र यसमा  लुम्बिनी इन्टरनेसनल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी पनि छ । यो कलेजले स्नातकोत्तर तहको डिजास्टर इन इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट, मास्टर इन कन्स्ट्रक्सन इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट र मास्टर इन रुरल इन्जिनियरिङ एन्ड म्यानेजमेन्टको पढाइ हुन्छ र सम्बन्धन पनि तिनै विषयमा छ । लुम्बिनीको नाम हुनासाथ आ“खा चिम्लेर सम्बन्धन दिनु भ्रष्टाचार हो । यस्तो विषयमा सदस्यका हैसियतले त्रिविका उपकूलपति तीर्थराज खनियाले पनि आर्थिक लाभ लिएर सही गरेको चर्चा व्याप्त भइरहेको छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper