banner
banner

युवती अफिम बोक्ने भरिया

धर्मरत्न श्रेष्ठ- 
लहलाउ“दा तीन युवती पक्राउ परे, कारण रहेछ ५० लाखको अफिम बोक्ने भरिया पोरहेछन् तिनीहरु त । यो रुपन्देहीको खबर हो । रुपन्देहीमा कलेज पढ्ने युवतीहरुलाई माफियाले अफिम बोकाउने गरेका रहेछन् । आखिर प्रहरीले सुराक पायो, तिनीहरु पक्राउ परे । यो खबरले नेपाल नै हल्लियो ।
१९, २१ र २७ वर्षका कामना पुनमगर, सकुन्तला बुढा र विशमाया बुढा । यिनीहरुले बोकेको १५ किलो अफिम पनि पक्राउ परेको छ । पक्राउपछि यिनको बयान आयो– खान, बस्न र पढ्न नपुगेपछि काम गरेको हो । अफिम नै भनेर थाहा थिएन । अरुले पारी पु¥याउन भनेको हो, हामीले के फरक पर्ला त भनेर बोकिदिएका हौं । लागूपदार्थ भन्ने थाहा थिएन । अलिकति पैसाका लोभमा फसियो ।
कलेज पढ्ने युवतीहरुलाई सीमा कटाइदिएपछि ५ हजार पाइन्छ भनिएको थियो । तर उनीहरु होटलमै पक्राउ परे । कसले दियो यो अफिम ? यसबारेमा केही खुलेको छैन । प्रहरीका अनुसार अनुसन्धान जारी छ । जति अनुसन्धान गरे पनि अफिम मालिक पक्राउ पर्दैन, भरिया पक्राउ पर्ने हो परे । यो सीमाक्ष्ँेत्रमा हुने गरेका घटनाको प्रकृति हो । कतिपय मामिलामा प्रहरीलाई मालिक थाहा भए पनि पक्राउ गर्दैनन् । यो अफिमको मूल्य पनि ५० लाख रहेको प्रहरीले बतायो ।
भनिन्छ, अफिमको मूल्य प्रतिकिलो १६ लाख पर्छ । यी कलेज पढ्ने युवतीहरुलाई फसाइयो । कानुनअनुसार यिनलाई १५ वर्ष कैद र २५ लाखसम्म जरिवाना हुनेछ ।
एकथरि दलालहरु युवतीहरुलाई बैध अवैध बाटोबाट खाडीदेखि नाइजेरियासम्म लगेर बेच्ने गरिरहेका छन् । मानव बेचविखनमा शासन प्रशासनका हाकिम, नेता, सुरक्षाकर्मीसम्म संलग्न हुने गरेका छन् भने अर्कोतिर नेपालमै पढिरहेका युवतीहरुलाई यसरी फसाइने गरेको छ । कमजोरी सुरक्षाकर्मीको पनि छ । गरिबीका कारण महिलाहरु के होला त भनेर गम्भीर अपराधमा मुछिन्छन्, असली मालिक पक्राउ गर्नसके यसरी फसाइएका युवतीहरुले कडा सजाय पाउने थिएनन् । यसकारण सुरक्षाकर्मीले भरियालाई होइन, मालिकलाई पक्राउ गरेर शान्ति व्यवस्था कायम गर्ने प्रयत्नमा जुट्नुपर्छ । जो मुलुकै टुक्य्राउ“छु भन्छन्, उनीहरु नेता भइरहेका छन् । जो पेट पाल्न, कलेजको फी तिर्न केही गर्न खोज्छन्, फसाइन्छन् । दोष कसको ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper