banner
banner

गुम्बाहरुमा सिआइए

त्रिविका निरौला भन्ने उपप्राध्यापकले सेनाको प्रतिवेदनमा समेत पहाड र हिमालका गुम्बाहरुमा सिआइएको जालो रहेको उल्लेख भएको खुलासा गरेर हडकम्प मच्चाइदिएका छन् । त्यसै पनि इण्डोपश्चिमा धुरी जहिले पनि मुस्ताङ लगायतका उत्तरी क्षेत्रमा जान चाहने र उनीहरुका गतिविधि शंकास्पद हुने गरेका छन् । वर्षको एकपल्ट युरोअमेरिकी र भारतीय दूतावासका अधिकारीहरु र उताबाट नेपाल भ्रमणमा आएका उच्चस्तरीय अधिकारीहरु उत्तरतिरै बढी ध्यान दिने गरेका छन् । हालैमात्र जिरी क्ष्ँेत्रबाट उत्तरतिरको फोटा खोच्दाखिच्दै एक कूटनीतिज्ञ पक्राउ परेर छाडिएको खबर पनि सनसनीपूर्ण नै रह्यो ।
एकपटक नेपालमा खम्पाकाण्ड भइसकेको छ । यी तिब्बती बिद्रोही खम्पाहरुलाई अमेरिकाले सहयोग गरेको र नेपाली सेनाले निस्तेज पारेर नेपालको गौरव बचाएको इतिहास छ । अहिले पुनः चिनिया“ प्रभाव बढ्दै गएकोले त्यसलाई रोक्न भारत, अमेरिका र युरोपियन मुलुकहरु नेपाली भूमिबाट चीनविरोधी गतिविधिमा लागेका आशंकाहरु बढेका छन् । त्यसो त दलाई लामाका चेलालाई बौद्धमा आत्मदाह गर्न लगाएको घटना पनि स्मरणीय छ ।
भनिन्छ, एशिया बिश्व धर्म सभ्यताको केन्द्र हो जसलाई नाश गर्न चाहन्छ पश्चिमी बिश्व । काठमाडौंमा रहेको ४२ वटा भन्दा बढी बौद्ध गुम्बाहरुमा सीआईएको जासुसी जालो रहेको छ । यस्तै उत्तरी सीमामा रहेका गुम्बाहरुमा त हतियार थुपार्न थालिएको धेरै भइसक्यो, भारतमा विद्रोहीलाई तालिम दिइने गरेको छ भन्ने समाचारहरु पनि बेला बेलामा सार्वजनिक हुनेगरेका छन् । यद्यपि सेनालाई सबै रिपोर्ट छ र कसैले विद्रोहको सफलताको सपना नदेखे हुन्छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper