banner
banner

हिरासतमा रहेका चूडामणि शर्मा र श्रीमतीमाथी प्रहरीको दुरब्यवहार (पत्र सहित)

@ courtesy- न्यूजअभियान | प्रकाशित मिति : २०७४ असार २० मंगलबार

newsabhiyan


न्यूज अभियान,काठमाण्डौ,२० असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हिरासतमा लिएका आन्तरिक राजस्व विभागका महानिर्देशक चूडामणि शर्मा र उनकी श्रीमती कल्पना शर्मालाई प्रहरीले दुरब्यवहार गरेको छ ।

आज बिहान खाना खाने समयमा शर्माकी श्रीमती कल्पनाले खाना लैजाने क्रममा प्रहरी इनिस्पेक्टरद्धय शिव बस्नेत र भुपेन्द्र कार्कीले सम्यूक्तरुपमा  हिरासतमा रहेका चूडामणि शर्मा र कल्पना शर्मालाई दुरब्यवहार गरेकाहुन् ।

नियमित जसो खाना खान सहजरुपमा दिइए पनि आज नियोजितरुपमा प्रहार गरिएको हो । श्रीमतीले खान लाने बित्तिकै आज तपाई खान छाड्नुस् र बाहिर बस्नुस् भने पछि विवाद भएको थियो ।

अपशब्द बोल्दै दुरब्यवहार गर्ने क्रममा  इनिस्पेक्टरद्धय भुपेन्द्र कार्कीले शर्मालाई हातै सम्म हाल्ने प्रयास गरेको समाचार स्रोतले बताएको छ । भुपेन्द्र कार्कीले मुखमै हान्ने गरि हात लैजादाँ शर्मा र कल्पनाले रोकेपछि  अख्तियारको हिरासत कक्षमा उत्पात मच्चिएको थियो ।

आफुलाई र श्रीमतीलाई हिरासतकै अवस्थामा अमानवीय दुरव्यवहार गरेको भन्दै शर्माका परिवारले मानब अधिकारमा आजै निबेदन दर्ता गराएका छन् । त्यसैगरि आवश्यक छानबिन गरि दोषीमाथी कारबाहि होस् भन्दै अख्तियारको कार्यलय र प्रहरी प्रधान कार्यलयमा समेत उजुरी दिएको बुझिएको छ ।

कानुनत अख्तियारले छानबिन नै गर्न नमिल्ले कर फस्यौट आयोगका बारेमा शर्मालाई एक महिनादेखि हिरासतमा राखेको छ ।

कर फस्यौट आयोगका अध्यक्ष लुम्बध्वज महत तथा सदस्य सचिव उमेश ढकाललाई पक्राउ नगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर निर्धारण अनियमितताको आरोपमा शर्मालाई नियन्त्रणमा लिएको हो ।

 

 

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper