banner
banner

निर्मला पन्त र गंगामाया- न्याय हरायो

काठमाडौं । कृष्णप्रसाद अधिकारी मारिएको दशकौं भयो, किटानी जाहेरी दिँदा पनि आमा गंगामायाँ अधिकारीले न्याय पाइनन्, आमा गंगामायाँ अहिले पनि अस्पतालमा अनसन बसेर न्यायको गुहार लगाइरहेकी छिन् ।
साउन १० गतेस २०७५ का दिन बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका आमाबाबु न्याय खोजिरहेका छन् । नेपालबाट न्याय हरायो । न्याय पद्धति, लोकतान्त्रिक गतिबिधि यति आपराधिक देखिन थाल्यो कि नेपाली समाजलाई आक्रोसित र लज्जित हुन बाध्य पारिरहेको छ ।
कञ्चनपुरको सडकमा पानीपुरी बेचेर गुजारा गर्ने परिवार हो दुर्गादेवी पन्तको । उनकी १३ वर्षकी छोरीको बलात्कार भयो, हत्या गरियो । उनको लाश उखुबारीमा फालियो । प्रहरीले उनको लुगा र अङ्ग धोएर प्रमाण नष्ट गरेका सम्मको भिडियो सार्वजनिक भएकै हो । तैपनि बलात्कारी हत्यारा पक्राउ गर्न सकेन सरकारले । भनिन्छ, यो बलात्कार र हत्यामा शक्तिशाली राजनीतिक नेताका छोरा संलग्न छन् । यहीकारणले गरीव परिवारमाथि अन्याय भयो, न्याय हरायो । न्याय दबाइयो । न्याय नपाउने स्थिति सिर्जना हुनपुग्यो ।  न्यायका लागि गंगामायाँ जस्तै दुर्गादेवीका श्रीमान श्रीमती अझै गुहार लगाइरहेका छन् । उनीहरु न्याय पाइन्न भनेर निराशा पनि व्यक्त गर्छन् । तर बाँचुन्जेल न्यायको आवाज उठाइरहने बताउँछन् । यी आमा बन्दनीय छिन् ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper