banner
banner

अमेरिकाले सोध्यो– के हुदैछ ?

काठमाडौं । महामहिम राजदूत ¥याण्डीबेरीले उपप्रधानमन्त्री तथा रक्षामन्त्रीसँग भेटेर एमसीसीबारे के भइरहेछ ? भनेर चासो व्यक्त गर्नुभएको छ ।
एमसीसी अव के हुन्छ ? यसको म्याद थपिन्छ कि फिर्ता हुन्छ ? सरकारले संसदबाट पास गर्छ कि संसदमा पुगेको प्रस्ताव त्यसै तुहिन्छ ? नेकपाभित्रै सत्ता लुँछाचुँडीको गुटबाजी भइरहेको अवस्थामा अमेरिकी राजदूतले सरकारका उपप्रधानमन्त्रीलाई आइतवार भेटेर जिज्ञासा राख्नुभएको हो । एमसीसी पास गर्ने अन्तिम म्याद जेठ १६ गते नै समाप्त भइसकेको छ । अव नेपालले कस्तो निर्णय गर्छ भनेर राजदूतले नेपाल सरकारसँग बुझेका हुन् । राजदूतले विश्वका अन्य देशहरुमा माँग भइरहेको सन्दर्भमा नेपालले स्वीकार अस्वीकार गर्ने के हो ? किन ढिलासुस्ती भइरहेको हो ? भनेर प्रष्ट जान्न चाहेको स्रोतले जानकारी दिएको छ ।
उपप्रधानमन्त्री ईश्वर पोखरेलले एमसीसीका विषयमा सरकारले गम्भीर छलफल गरिरहेको जानकारी दिएका छन् । नेकपाभित्र सरकार ढाल्ने र फेर्ने खेल चलिरहेको छ, एमसीसीका बारेमा नेकपाभित्र तत्काल कुनै चासो देखिदैन ।
यसैवीच राजदूत बेरीले नेपाल–भारतवीच खुला सिमाना रहेको र भारतमा दिनहुँ लाखौमा कोरोना पोजिटिभ देखिएकोले नेपालले कोरोना
 रोक्ने तैयारी के के गरिरहेको छ भनेर पनि जिज्ञासा राखेका थिए । उहाँले अमेरिकामा पनि सुरुमा निकै कमजोरी भएको र अहिले समस्या बढेको जानकारी गराउनु भएको थियो । अमेरिकाले नेपालमा सरकार र सुरक्षा निकायलाई कोरोना नियन्त्रण सरसामान सहयोग दिदै आएको छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper