banner
banner

एमसीसी अव के हुन्छ ? नेकपाले के गर्ला ?

काठमाडौं । एमसीसीको आज म्याद सकिदैछ, संसद बैठक भोलि छ । सरकारले म्याद थपका लागि गरेको आग्रहमा अमेरिकाले चाहिन्छ कि चाहिन्न ? अव धेरै कुर्न सकिन्न भनेर उल्टो प्रश्न गरेको छ । यतिमात्र होइन, अमेरिकी विदेशमन्त्रीले ठाडै फोन गरेर परराष्ट्रमन्त्रीलाई चेतावनी दिइसकेका छन् ।
एमसीसी खारेजीको बहस नेकपाभित्र उठेको छ । तर चलिरहेको स्थायी समिति बैठकले खारेज गर्नुपर्छ भनेर कुनै प्रस्ताव पारित गरेको छैन ।
नेकपा (माओवादी केन्द्र) सहितका राजनीतिक दलहरु, देशभक्त नागरिक, सामाजिक अभियन्ताहरुले खारेज गर्न देशव्यापी आवाज उठाइरहेका छन् ।
संसदको बैठक भोलि भएकाले एमसीसी पास हुन्छ हुन्न ? भन्ने उत्सुकता तत्कालका लागि टरेको बुझ्न सकिन्छ । सभामुख अग्नि सापकोटाले प्रचण्डसँग सल्लाह गरेरै भोलिका लागि संसद बैठक बोलाएको र प्रधानमन्त्रीले सभामुखसँग भेटेरै असन्तुष्टि जनाएको चर्चा पनि छ । कतिपय बुझक्कडहरु असार १६ गते सम्म एमसीसी प्रस्ताव पारित नभए ५ मिलियन अर्थात ५५ अर्वको अमेरिकी अनुदानको यो योजना स्वतः खारेज हुने बताउँछन् । तर सरकारले म्याद थप गर्न गरेको आग्रहका कारण विकल्प बाँकी रहन्छ भन्नेहरु पनि छन् । यस सम्बन्धमा नेकपा (माओवादी केन्द्र) का महासचिव कर्णजीत बुढाथोकी र अन्य एमसीसी विरुद्धका अभियन्ताहरु– ओली सरकार कुनै पनि हालतमा एमसीसी पास गराउने लाईनमा छ, सडकमा देशभक्त राजनीतिक दल, नागरिक र सत्ता गठबन्धनको समूहभित्रका पनि देशभक्त व्यक्तिहरुले एमसीसीको खारेजीको वहस चलाउँदा संसद बैठकको मिति पछाडि सार्नेसम्मको अवस्था आएको हो । अब तत्कालका लागि अमेरिकालाई खुशी पार्ने प्रधानमन्त्री ओलीको चाहना पुरा हुने छैन ।
एमसीसी नेपालमा सबैभन्दा बढी जनस्तरसम्म बिबादित विषय बन्न पुगेको छ । पछिल्लो समय नेकपाभित्र नै पक्ष विपक्ष देखिएको विषय पनि यही हो । एमसीसी पास हुन्छ भन्ने प्रधानमन्त्री पार्टीभित्र अर्का अध्यक्ष प्रचण्डको पास गर्ने कि नगर्ने भन्ने विषयमा स्पष्ट सहमति पाउन नसकेपछि पछि हटेका हुन् । यही कारण दुई अध्यक्षवीच मतान्तर बढेर गएको छ । प्रचण्ड घुमाएर ओलीलाई क्षमता नदेखिएको, पार्टीप्रति देश र जनतामा असन्तुष्टि बढेको भन्दै पदबाट राजीनामा दिनुपर्ने संकेतहरु दिइरहेका छन् । यस्तै हो भने पार्टी एकता भङ्ग हुनेसम्मका लक्ष्यणहरु पनि देखाएका छन् । ओलीले पनि एक भएर हिड्न नसकिने हो भने फरक बाटो लिनसकिने धमास दिन पछि परेको देखिदैन । असार १४ गते त सरकार ढाल्ने सपना कसैले पनि नदेखे हुन्छ भनेर ओली गर्जिनपुगे ।
केपी ओलीले म नै नेकपा हुँ, म नै सरकार हुँ भन्ने खालको अहंकारी भूमिका निर्वाह गरिरहेका कारण पार्टीभित्र र जनमानसमा उनको व्यवहार आलोच्य बनिरहेको छ । चुनावमा जुन लोकप्रिय मत पाएको थियो नेकपाको विश्वसनीयता घट्दो क्रममा रहेको निष्कर्ष विश्लेषकहरुले निकाल्न थालिसकेका छन् ।
एमसीसी तत्कालीन माओवादीसहितको देउवा सरकारले सन २०१७ मा सही गरेको विषय भएकोले विश्वसनीयताका लागि समेत पारित गर्नुपर्ने बाध्यात्मक स्थिति छ सरकारका सामु । तर एमसीसीका सर्तहरुका कारण विवाद बढेको हो । झलनाथ खनालको नेतृत्वमा भीम रावल, देव गुरुङ, लीलामणि पोखरेल समेत सदस्य राखेर गठन गरेको कार्यदलले समेत कुनैपनि हालतमा एमसीसी हुबहु पास गर्न नहुने सुझाव दिएपछि त्यो रिपोर्ट सार्वजनिक नै गरिएन । एमसीसीकै कारण देखाएर ओलीसँग मत बाझ्दै गएकाले नेकपा फेरि माओवादी र एमाले बन्नसक्ने खतरा पनि बढेर गएको छ । यस्तो अभिव्यक्ति सुन्न सकिन्छ ।
ओलीमाथि नेकपाभित्रैबाट बिकाउ राष्ट्रवादी र विदेशीलाई खुशी पार्नकै लागि एमसीसी पारित गर्न आतूरता देखाएको आरोप लगाइरहेका छन् । यतिमात्र होइन, ओली सीपथमा टेकेर ट्रम्प पथमा हिडेको आरोप पनि खेपिरहेका छन् । धेरैको बुझाइ, कूटनीतिक ज्ञाताहरुको अनुमान के छ भने अमेरिका र चीनवीच व्यापारिक र सामरिक प्रतिद्वन्दिता बढेको, कोरोनाको महामारी चीनले दिएको उपहार भन्दै समस्या जटिल बन्दै गएको स्थितिमा लद्दाख सीमा बिबादमा भारतले अमेरिकाको साथ खोजेको र चीनविरुद्ध अमेरिका र भारत एक भएकाले नेपाली भूमिबाट चीनलाई जोल्ट दिनकै लागि रणनीतिक रुपमा अमेरिकाले एमसीसी अनुदानका नाममा नेपाल प्रवेश गर्न खोजेको हो ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper