banner
banner

खुशीयालीको भोज

काठमाडौं । देश जलिरहेको छ, निरो बासुरी बजाइरहेका छन् भन्ने उक्तिझैं देखियो– राष्ट्रपति विद्यादेवी भण्डारीको रात्रिभोज ।
राष्ट्रिय मुद्दामा अभूतपूर्व एकता देखियो भनेर खुशीयाली मनाउन राष्ट्रपतिले सबै संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेताहरु र  पूर्वप्रधानमन्त्रीहरुहरुलाई निम्त्याएर रात्रिभोज खवाउनु भयो । त्यस अवसरमा भविष्यमा पनि यस्तै एकता कायम रहोस् भन्ने कामना पनि गर्नुभएछ । फर्कदा राजेन्द्र महतोले दुई टुक प्रतिक्रिया दिए– राष्ट्रपतिले शुभकामना दिनुभयो, खल्तीभरि शुभकामना लिएर आएको छु ।
कोरोना भाइरस नियन्त्रण बाहिर गइसकेको छ । व्यापक परीक्षण हुनसकेको छैन । स्वदेश फर्कन नपाएको चित्कार विदेशतिर छ, काम, माम र उपचार नपाएको रोदन स्वदेशभित्र छ । अस्पताल पुगेर, क्वारेन्टाइन, आइसोलेसन वार्ड र उपचारबारे जानकारी लिएर साधनस्रोत जुटाउने र बिरामीलाई हिम्मत र फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मीलाई हौसला दिनुपर्ने बेलामा भोजभत्तेर ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper