banner
banner

कोरोनाका कारण वैशाख १ टर्नेभो

नयाँ वर्ष नयाँ पद्धतिको सुरुआत हुनेभो भनेर उत्साहितहरु कोरोना विपत्तिका कारण निराश हुनपुगेका छन् । कोरोनाका कारण वैशाख १ टर्नेभो, राजतन्त्र र हिन्दुराष्ट्र अझै टाढाको विषय हुनेभो । देशमा नेतातन्त्रको निरंकूशता र लुटतन्त्र कोरोना नियमन, नियन्त्रण नभएसम्मकालागि लम्बिनेभो ।
काठमाडौं । वैशाख १ गते राजतन्त्र पुर्नस्थापित हुने बलियो आधारलाई कोरोनाको महामारी बाढीले बगाइदिएको छ । यो समय घरमै बस्नुपर्ने र कोरोनाको फैलावटलाई रोक्नुपर्ने नयाँ चुनौति आएकाले जनताको चाहना र पूर्वराजाको मेहनत तथा छिमेकी मुलुकहरुले गर्ने सहयोग समर्थन सबै रोकिन पुगेका छन् । कोरोना विश्वका लागि साँढे सातको दशा बनेर आएको छ भने नेपालका लागि निरंकशूता र भ्रष्टाचार बढाउने अवसर पनि बन्न पुगेको छ ।
पूर्वराजाले इमानदार रुपमा लोकतन्त्र चलोस् भनेर कुनै पनि व्यवधान खडा गरेनन् । कानुनको परिधिमा रहेर नागरिकको दायित्व र परम्परागत राजधर्मको पनि पालना गरिरहे । जब देशमा नेताहरु नैतिकता गुमाउादै गए र जनताको अपेक्षा र आवाजलाई उपेक्षा गर्न थाले त्यसपछि पूर्वराजाले देशदर्शनको कार्यक्रमलाई तीब्रता दिएका थिए । यद्यपि मठमन्दिरको दर्शन, पूजाआजामा जाँदा पूर्वराजाले जनतासँग साक्षात्कार गर्ने, सामान्य प्रतिक्रिया दिने र बढी जनताको कुरा सुन्ने काम गरेका थिए । यसको साथै पटक पटक चीन, थाइलेण्ड, दिल्लीमा व्यापक छलफल गरेको धेरै वर्ष भयो ।
छिमेकी मुलुक र अन्तर्राष्ट्रिय कूटनीतिक बृत्तले समेत नेपालमा भ्रष्टाचार र दण्डहीनता बढेको, बिधिले काम गर्न नसकेको अनुभूति गरेर राजतन्त्रको आवश्यकता देख्न थालेका थिए । यति नै बेला भारतले सिमाना मिचेको र एमसीसीको प्रस्तावमा समेत कमजोरी देखिएपछि राजतन्त्रको झन बढी आवश्यकता जनताले देखेका थिए ।
स्थिति यतिसम्म देखियो कि कुनै पनि बेला केही पनि परिवर्तन हुनसक्ने गम्भीर मोडमा नेपालको राजनीति पुगिसकेकोमा कोरोना भाइरसले विश्वलाई तर्सायो । तेश्रो विश्वयुद्ध, मानव सभ्यता र भाइरसविरुद्ध सुरु भएको छ । यो विपत्तिसँग लड्नका लागि विश्व नै एक भएको छ । राजनीतिको कुरा गर्ने फुर्सद कसैलाई छैन । पहिले मानव विकास क्रमको लय पुनस्र्थापित गर्न विश्व लागेको छ, जागेको छ । नेपाल सेमिलकबाट लकडाउनको स्थितिमा पुगेको छ ।
पछिल्लोपल्ट पूर्वराजा फागुन ४ गते लामो झापा बसाइमा गएका थिए । त्यहाँबाट सिलगुडी, सिक्किमसम्मको यात्रा तय गरेर फर्केका पूर्वराजा फागुन १८ गते भारततिर लागेका थिए । पञ्जावको स्वर्णमन्दिरको दर्शन गरेर दिल्ली फर्केका पूर्वराजाले २०६३ साल वैशाख ११ गतेको ७ राजनीतिक दल सँगको सम्झौता पुनः सम्झाएपछि दिल्लीले विश्वसका लागि समेत पूर्वराजालाई राजाकै हैसियतमा जेडप्लसको सुरक्षासमेत दिएको थियो ।
यता कांग्रेसका नेता शेखर कोइराला, सशांक कोइरालाको टिमसमेत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई भेटेर फर्केको थियो भने 
नेपालमा अव पूर्वराजा नयाँवर्ष २०७७ का दिन झापाबाट राजाका रुपमा राजधानी आउने तैयारी चल्दै थियो । यसका लागि अन्तिम सम्पर्क र सम्बन्धका लागि पूर्वराजा यतिखेर झापामा छन् ।
तर, दुर्भाग्य कोरोना भाइरसले नेपालको जनजीवनलाई समेत क्षतविक्षत पारिदिएको छ । जुन प्रकारको तैयारी भइरहेको थियो, ती सबै खेर गएका छन् । जबसम्म कोरानालाई परास्त गरिने छैन, तवसम्म कुनै राजनीतिक परिवर्तनको सम्भाबना टरेको छ । पूर्वपञ्च, राजतन्त्रवादी, देशको भलो चाहने स्वतन्त्र बुद्धिजीवी, आमनागरिक र दलीय भ्रष्टाचार र कूशासनबाट वाक्क भएकाहरुमा जुन उत्साह थियो, त्यो कोरोनाको कहरले हराउन पुगेको छ ।
नेपालको अहिलेको परिवर्तनका लागि सिलगुडीको महत्व छ । माधव नेपालसमेत त्यतिबेला सिलगुडी पुगेका थिए भने मोहन वैद्य पक्राउ परेको अथवा पक्राउ गर्न लगाइएको थलो पनि सिलगुडी नै हो । उत्तर प्रदेशका मुख्यमन्त्री योगी र पश्चिम बंगालको राज्यपाल केशरीनाथ, राजधानीमा रहेका भारतीय राजदूत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका अति विश्वासपात्र हुन् । ती सबै नेपाली जनता र आपसी सम्बन्ध विकासका लागि समेत नेपालमा स्थिर र प्रभावशाली राजतन्त्र तथा हिन्दुराष्ट्रका लागि वातावरणमा खटिएका थिए । कोरोना भाइरसको चुनौतीसँग सबै लड्नै पर्ने बाध्यतामा पुगेकाले नेपाल पनि त्यही मोर्चामा पुगेको छ र राजनीतिक परिवर्तन पर सरेको विश्लेषण गरिदैछ ।
यो समय साझा दुश्मनका रुपमा कोरोना भाइरससँग सजग भएर लड्न जरुरी छ । त्यसपछि राजनीतिको सवाल आउला । राजनीतिक लेनदेन, मिले नमिलेका कुराहरुबारे छलफल गर्ने पछि हो, अहिले बाँच्ने बचाउने बेला ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper