banner
banner

नेपाली सेना सातै प्रदेशमा तैयार

काठमाडौं । कोरोनाको विपत्तिसँग जुध्नका लागि नेपाली सेना पूर्ण रुपमा तैयारीमा जुटेको छ । आफ्ना ५ सय स्वास्थ्यकर्मी र तमाम सैनिक मानव शक्तिलाई कोरोना भाइरसका कारण देशमा आउनसक्ने सबै प्रकारका विपत्तिसँग लड्नका लागि नेपाली सेनाले युद्धस्तरमा तैयारी थालेको हो । देशबाट लाभ लिने उद्यमी, व्यापारीहरुले समेत खासै सरकारलाई सहयोग नगरिरहेको बेलामा नेपाली सेनाले आफ्नो क्षमता र उच्च मनोवलका साथ आम जनसाधारणमा आउनसक्ने आतंक, विपत्ति, अप्ठेरोलाई मध्येनजर राखेर सातै प्रदेशमा कोरोनाको रोकथाम तथा नियन्त्रणमा पालना गर्नुपर्ने सावधानीको प्रचार प्रसारदेखि उपचारसम्मको व्यवस्था मिलाएको जानकारी आएको छ । नेपाली सेना किन राष्ट्रिय सेना हो, किन जनताको सेना हो, स्वतः शिद्ध छ, भनिरहनै पर्दैन ।
बाढी पहिरो होस् कि भूकम्प । हरेक विपत्तिमा नेपाली सेनाले ज्यान हत्केलामा राखेर सेवा दिदै आएको छ । यतिबेला विश्वव्यापी रुपमा विपत्तिको सनसनी फैलाएको कोरोना भाइरससँग लड्न सेनाले तैयारी गरेको हो । नेपालमा कोरोना भाइरस प्रवेश गरेको छैन, गरिहालेमा त्यो भाइरसबाट बच्ने बचाउने काममा नेपाली सेनाले अन्य संस्थाभन्दा पनि प्रभावकारी रुपमा खटिन तैयार हुनुले जनतामा आत्मबल बढाएको छ । त्यसै पनि नेपालमा भनसुनको बढी प्रभाव छ । तर नेपाली सेनामा भनसुन होइन, सेवा भावना रहेकोले पनि आमनागरिक नेपाली सेनाको सेवा लिन बढी आकर्षित र आतुर देखिन्छन् । नेपाली सेनाले जवाफदेही र कर्तव्य निर्वाहमा देखाएको सक्रियता र गरेको तैयारीलाई सबैले सह्राहना गरेका छन् ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper