banner
banner

कोरोनासँग लड्न मुलुक लक डाउन

काठमडौं । सेमीलकबाट मुलुक लडक डाउनको हुनपुगेको छ । सरकारले कोरोना भाइरसलाई रोक्नका लागि जे जति प्रयास गरेको छ, त्यो सह्राहनीय छ । भारत र चीनका सबै नाका बन्द गर्ने जुन निर्णय सरकारले गरेको छ, त्यो सही छ । सरकारलाई साथ दिएर सबै सर्वसाधारणले घरमै बसौं, कोरोना सर्नसक्ने सबै सम्भाबनाहरुलाई नकारौं । मानव सभ्यता नै संकटमा छ, एकले अर्कोलाई सहयोग गर्ने बेला यही हो । यो समय भनेको मानवता देखाउने समय पनि हो ।
जसले जे सक्छ, अर्कोलाई सहयोग र सेवा गरौं । अनावश्यक खाद्य सामग्री, ग्यास सञ्चय नगरौं । मानवता बाँच्यो भने बाँकी बिबाद, द्वन्द्व जे गर्नुपर्छ, गरौंला । यो समय कसैमाथि व्देष राख्ने, इख साध्ने, विभेद र निषेध गर्ने बेला होइन । यो समय कोरोना विपत्तिबाट पार पाउने समय हो । हामी तव सफल हुनेछौं, जब हामी एक भएर कोरोनासँग लड्नेछौं । मुलुक लक डाउन हुनपुगेको छ । सरकारले गर्ने कर्तव्य निर्वाह गर्छु भनेको छ,  गर्दैछ, 
हामी नागरिक र चेतनशील बर्गले गर्नुपर्ने आफ्नो दायित्व निर्वाह गरौं, कोरोनाबाट पार पाउँ । आजको आवश्यकता यही हो ।
अव सरकारले मालपोत, जिल्ला कार्यालय, नापीजस्ता जनसम्पर्क हुने सरकारी निकायहरु तत्काल अन डिमान्डमा राखेर चलाउनु जरुरी छ, किनकि जर्मनका चान्सलर नै क्वारेन्टाइनमा, अष्ट्रेलियादेखि क्यानडा, युकेका मन्त्रीहरु नै क्वारेन्टाइनमा गइसके भने अमेरिकाजस्ता मुलुकको न्यूयोर्कजस्तो सहर कोरोनाको इपी सेन्टर बनिसकेको छ ।
यी सबै घटनाक्रम विचार गरेर र विश्व स्वास्थ्य संगठनको चेतावनी बुझेर नै सरकारले देशलाई लक डाउन गरेको हो । कोरोना फैलियो भने महामारी आउनसक्छ र व्यापक जनधनको क्षति हुनसक्छ । यो युद्धभन्दा कम छैन, यहकिारणले सरकारले लक डाउन गरेको हो र तमाम देशवासीले यो बुझ्नुपर्छ, गृहमन्त्रालयले जारी गरेको अवलम्बन गर्नुपर्ने सरकारको सुझावलाई सबैले पालना गर्नु उचित हुनेछ । अलिकति पनि खेलाचीले ठूलो नोक्सानी हुनसक्ने विषय हो यो । सजगता नै हाम्रो हतियार हो कोरोनाविरुद्ध, यति बुझौं ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper