banner
banner

विप्लवलाई खोज्दाखोज्दा हैरान सरकार

काठमाडौं । नेत्रविक्रम चन्द विप्लवलाई पक्राउ गर्न गृह मन्त्रीले आदेश दिए पनि प्रहरी सफल हुनसकेको छैन । नेकपाका शक्तिशाली नेता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई साउन २३ गते, हेमन्तप्रकाश ओलीलाई गत चैत ९ गते पक्राउ गरे पनि विप्लवलाई पक्राउ गर्न नसक्दा सरकार हायलकायल बनेको छ । यी नेताहरु मोवाइल ट्रय्राकिङ गर्ने जीपीएस सर्चको माध्यमबाट पक्राउ गरिएको थियो । विप्लवले मोवाइल नबोकेको अथवा सामान्य व्यक्तिको नामको मोवाइल प्रयोग गरेको कारण पक्राउ गर्न नसकेको हो ।
विप्लव कहाँ छन्, के गर्दैछन्, उनले पार्टी नेतृत्वलाई के कसरी सशक्त बनाइरहेका छन्, सरकार कुहिराको काग बनेको छ । झण्डै १३ सय विप्लव समूहका कार्यकर्ता पक्राउ गरे पनि विप्लवका बारेमा कसैले केही बताएनन् ।
विप्लव नेतृत्वको नेकपामाथि २०७५ साल फागुन २८ गते सरकारले प्रतिवन्ध लगाएको हो । यसपछि सरकार र विप्लववीच वार्ता भएको छैन । विप्लव समूहले पक्राउ परेकालाई छाड्न र प्रतिवन्ध फुकुवा गर्ने सर्त पूरा गरे वार्ता हुनसक्ने जनाउ दिएको हो । सरकारले सर्त नमान्दा विप्लव समूहको विद्रोही योजना बढेर गएको छ ।
वर्ष दिनको प्रयासमा प्रहरीको विशेष व्यूरो विप्लवको छेउछाउसमेत पुग्न नसक्नुले विप्लव राज्य सुरक्षाभन्दा पनि चनाखो रहेछन् भन्ने प्रष्ट हुन्छ । विप्लव र विप्लव समूहलाई के थाहा छ भने जनयुद्धकालमा स्याटेलाइट फोन युज गर्दासमेत कतिपय बेलामा असुरक्षा भएकाले त्योभन्दा पनि सुरक्षित प्रविधिबाट विप्लव र उनका सहयोगीहरुले संगठन चलाइरहेको हुनसक्ने आशंका प्रहरीको छ ।
प्रहरी स्रोतका अनुसार विप्लव 
जाजरकोट, कालिकोट, दैलेख, रुकुम, रोल्पा, कपिलवस्तु, दाङ आसपासका जिल्लामा घुमफिर गर्ने गरेको भनक पाएको हो, तर जीपीएसबाट कहाँ भन्ने थाहा पाउन नसक्दा हैरानी बढ्दै गएको छ । तिनै स्रोत भन्छ– केही समय अघि पूर्वी पहाडी जिल्लामा थिए, भारती भूभाग भएर विप्लव पश्चिम पहाड लागेको हुनसक्छ । नेपाल प्रहरीका लागि विप्लव रहस्यमय बनेका छन् । यति कष्ट गरेर विप्लवलाई खोजिरहे पनि विप्लवले बिस्तारै सरकारको असफलता र संविधानको उल्लंघनबाट जनसमर्थन प्राप्त गर्दै गएको देखिन्छ । जनतामा नैराश्यता बढ्नु भनेको विप्लवप्रतिको आकर्षण बढ्नु पनि हो ।
यसैवीच गत असोज २९ गते विप्लवका दाजु चन्द्रबहादुर चन्द वीरजंगलाई दुई दर्जन सहयोगीसहित दाङमा पक्राउ गरियो । तैपनि विप्लवबारे सुरक्षा निकायले कुनै खबर पाउन सकेन । विप्लव अघि अघि छन्, प्रहरी पछि पछि छ, यो लुकामारी वर्र्षाैदेखि जारी छ । सरकारको गलत क्रियाकलाप र जवाफदेहीविहीनताले विप्लवलाई बलियो बनाएको छ ।
पार्टीमाथि प्रतिवन्ध लागेपछि विप्लवले राजधानी छाडेको सूचना पाएको सुरक्षा निकाय विप्लवको सूचना लिन अनेक तरिका अपनाइरहेको छ । पटक पटक विप्लव पक्राउ पर्ने अवस्था आएको र अनेक कारण मौका गुमेको सुरक्षा स्रोत बताउँछ ।
विप्लव हुन् कि स्यालको सिङ, विप्लव बिलुप्त छन् । सिंगो राज्य संयन्त्रले विप्लवको खोजी गर्न सकेको छैन । यही चाल हो भने विप्लवको ठूलै बिद्रोहको चपेटामा लोकतन्त्र नामको लूटतन्त्र पर्ने निश्चित छ भन्छन् विश्लेषकहरु ।
विप्लवले आफ्नो शक्ति निकै बढाइसकेको अनुमान गरिदैछ । विप्लवले चाहे कुनै पनि क्षेत्रमा विध्वंश मच्चाउन सक्छन

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper