banner
banner

दाइजो खोसेर यती पोस्ने दाउ

काठमाडौं । मन्त्री, उच्चपादधिकारीको सम्पत्ति दाइजो हुनसक्छ, सम्पत्ति विवरण हेरे हुन्छ । ससुराली टाट भए पनि करोड, अर्वका सम्पत्ति दाइजो भनिएको छ । तर पूर्वराजाले छोरीलाई दाइजो दिएको १५ रोपनी जग्गा सर्वोच्च अदालतले नै खोसेको छ । गोकर्णदेखि पाथिभरासम्म, राजधानीदेखि पोखरासम्मका पूर्व राजाका सम्पत्तिहरु धमाधम कौडीका भाडामा यती समूहलाई दिने काम भएको छ । पूर्व अधिराजकुमारीको दाइजो पनि यती समूहलाई नै दिने होला ? प्रतिशोध र पूर्वाग्रह पतनको मार्ग हो । राजा हुन् वा जनता, बाबु आमाले छोरीलाई दिएको दाईजो खोसिने नजीर बस्यो ।
अचम्म त के छ भने महिला अधिकारकर्मी समेत पार्टी पार्टीमा बिभक्त छन् र उनीहरु एउटा छोरीको अधिकार खोसिएकोमा बोल्दैनन्, किनकि उनी पूर्वअधिराजकुमारी हुन् । प्रेरणा राज्य लक्ष्मी सिंहले छाउनीस्थित बसिरहेको बिजया घरजग्गा छाड्नुपर्ने छ । नछाडे राज्य दमन पनि होला । महिला अधिकारकर्मी यो सबै दृश्य रमाएर हेर्लान् ।
बाबु पूर्वराजा ज्ञानेन्द्र शाहले छोरीलाई दिएको दाइजो सर्वोच्च अदालतले गत शुक्रवार दाइजोको मान्यता दिएन, सरकारको भनिदियो । प्रेरणाको दाइजो आफ्नै हुनुपर्ने भनेर गरेको जिकिरलाई संवैधानिक अदालतले खारेज गरिदिएको हो । पूर्व अधिराजकुमारी प्रेरणाले अन्याय भयो भनेर न्यायको माँग गर्ने सबै ढोका बन्द भएका छन् । प्रेरणा सिंहको निवेदनमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, न्यायाधीशहरू मीरा खड्का, हरिकृष्ण कार्की, अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउत संलग्न संवैधानिक इजलासले प्रेरणाको दाबी नपुग्ने ठहर गरेको हो । प्रेरणाले पाएको दाइजो अव नेपाल ट्रष्टको नाममा जाने निश्चित भएको छ .

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper