banner
banner

प्रचण्डका दायाँबायाँ प्रभावकारी

काठमाडौं । हुँदैहुन्न, फौजदारी मुद्दा लागेका व्यक्तिलाई सभामुख बनाउन हुन्न भन्ने केपी ओलीलाई सचिवालय बैठकमै परास्त गर्नसक्ने प्रचण्डले पूर्व एमालेका झलनाथ खनाल, माधवकुमार नेपाल र वामदेव गौतमको विश्वास जितिसकेको नकेपाभित्र हावा चलेको छ ।
राजनीतिक विश्लेषकहरु अव प्रधानमन्त्री वामदेव गौतम बन्न सक्छन्, प्रचण्डको डिजाइन योभन्दा कडा पनि हुनसक्छ । झलनाथ खनाल, माधवकुमार नेपालजस्ता हस्तीलाई आफ्ना पक्षमा कसरी ल्याउन प्रचण्ड सफल भए, यो कम आश्चर्यको कुरा होइन ।
कान्तिपुर कन्क्लेभमा प्रचण्डले आलोपालो सही गरेकै हो, मैले छाडिदिएको भनेर खुलासा पनि गरेका थिए । यसको अर्थ ओलीमाथि नकारात्मक हुनपुगेको छ भने ओलीसँग टाढिदै गएका पूर्व एमालेका प्रभावशाली नेताहरुमात्र हौइन, मन्त्रिमण्डलका केही पूर्व एमाले नेताहरुसमेत हामी दासजस्ता भयौं भन्ने अभिव्यक्तिले पनि प्रचण्डको प्रभाव नेकपाभित्र राम्रैसँग जम्दै गएको देखिन्छ । अवको अधिवेशनमा प्रचण्ड अध्यक्ष हुनसक्छन्, त्यसअघि नै प्रधानमन्त्री हुनसक्छन्, वामदेवलाई प्रधानमन्त्री बनाउन भूमिका खेलेर झलनाथ खनाल र माधवकुमार नेपाललाई सम्मानको शिखरमा पनि पु¥याउन सक्छन् । मुख्य सवाल नेपाली राजनीतिको केन्द्रमा किङ मेकर मै हुँ भनेर स्थापित हुन चाहन्छन् । समभवतः यही रणनीतिमा प्रचण्डको चालबाजी घुमिरहेको देखिन्छ । ईश्वर पोखरेल मार्काहरु र ओली कित्ताका अरिगालहरु भने प्रधानमन्त्रीका गल्ती कमजोरी सच्याउन सुझाव दिन छाडेर प्रचण्डमाथि खनिएका छन् । तिनको आरोप छ, प्रचण्ड ग्य्राण्ड डिजाइनमा लागे, अस्थिरताको जरो प्रचण्ड हुन् ।
यिनले त ओली सरकार अपदस्त गरेर प्रचण्डले सरकार गठन गर्न सक्ने र त्यस रणनीतिमा बिभिषणको भूमिका झलनाथ खनाल, माधव नेपाल र वामदेवले खेल्नसक्ने प्रचारवाजीसमेत गर्न ालेका छन् । यसका लागि राजपा र समाजवादी पार्टीलाई समेत उपयोग गर्न डिजाइन तैयार भइसकेको छ ।
वास्तवमा ईश्वर पोखरेल केपी ओलीको उत्तराधिकारी बन्न चाहन्छन् । यही उद्देश्य पुरा गर्न ईश्वर मार्काहरु प्रचण्डलाई अस्थिर चरित्रको, षडयन्त्रकारी देख्न थालेको छ । नेकपाभित्र ईश्वर पोखरेलको साख झलनाथ खनालको जत्ति पनि छैन । कथंकदाचित ०७७ सालमा अधिवेशन रोकिएन भने प्रचण्ड अध्यक्षमा निर्वाचित हुनसक्दैनन् भन्ने प्रचार पनि अहिले नै गर्न थालिएको छ ।
जे होस्, केपी ओलीको २४ महिने शासनकाल र एकीकरणको २० महिनामा ओली नेतृत्व पाहा पछारिएजसरी पछारिन पुगेको छ । अव छिटै ओलीमार्काहरु एक्लिने वातावरण बन्दैछ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper