banner
banner

रगत र ज्यान दिने गोर्खा परिवारलाई भारतीय झण्डा

काठमाडौं ।  भारत पाकिस्तानवीचको हानाहानको स्थितिमा भारतले अग्रपंक्तिमा गोर्खा राइफल्सलाई राख्यो र गोर्खा सैनिक २५ वर्षे अर्जुन थापाको मृत्यु भयो ।
मृत्युपछि अर्जुन थापाका बाबु प्रेम र श्रीमतीलाई भारतीय सेनालाई शव हुर्नसमेत दिएन । छोरा र लोगने गुमाएका परिवारजनलाई भारतीय सैनिकले भारतीय झण्डा दियो ।
नेपालीले रगत र ज्यान भारतका लागि दिनुपर्ने, तिनका परिवारले पाउने भारतीय झण्डा । यो दृश्य केपी ओलीको दुई तिहाइको सरकारले टुलुटुलु हेरेर बस्यो, यसबारे केही बोलेन । होनहार रक्षामन्त्री ईश्वर पोखरेलले समेत कुनै प्रतिक्रिया दिने साहस गरेनन् ।
गोर्खा भर्ति रोक्नुपर्छ भनने कम्युनिष्टहरु सत्तामा छन्, उनीहरुको जिब्रो यसरी तालुमा टाँसिनु भनेको उनीहरुको राष्ट्रियताको परिचय होइन र ? प्रश्न के हो भने भारतीय सेनाले कारगिल होस् कि कुनै पनि युद्ध अथवा हानाहानमा नेपाली गोर्खा मारिए भने परिवारजनलाई सद्गत गर्न शव दिदैन । यसैगरी परिवारजन गुमाउनु पर्दाको घाउमा भारतीय झण्डा दिएर नुनचुक छर्ने गर्छ ।
भारतीय सेनाका नेपाली मारिदा तिनको शव तिनका परिवारलाई किन दिदैन ? नोभेम्बर २२ मा भारतीय सेनाप्रमुख विपिन रावतसँग गोर्खाहरुले मारिएका नेपालीको शव तिनका परिवारलाई दिनुपर्ने माँग गरेका थिए । सेनाले नै अन्त्यष्टी गरिदिदा नेपाली संस्कार पूरा गर्न नपाएको गुनासोप्रति सेनाध्यक्षले यस्तै नियम छ भनेर टारिदिएका थिए ।
७० वर्ष पुरानो दुस्मनी छ भारत र पाकिस्तानवीच । काश्मिर समस्या दक्षिण एसिया र विश्वकै टाउको दुखाइ बनेको छ । त्यसमाथि भारतले ३ महिना अघि जम्मु र काश्मिर भारतमा मिलाएपछि १९४०–५० को दशकमा भारतका प्रम नेहरुले राष्ट्रसंघमा उभिएर काश्मिरीलाई आत्मनिर्णयको अधिकार दिइने छ भनेर गरेको कबुल र राष्ट्रसंघमा पारित प्रस्तावहरु निस्तेज हुनपुगेका छन् । यसबाट भारतले राष्ट्रसंघको अवमान्ना गरेको देखिएको छ, जुन विश्वले नै आलोचना गरिरहेका छन् । जनवरी ५ अर्थात पुस २० गते विश्वभरिमै काश्मिरी जनताको माँगप्रति ऐक्यवद्धता जनाइएका खबरहरु सार्वजनिक भएका छन् ।
अचम्म त के छ भने जुन भिडन्तमा भारतीय र नेपाली मारिन्छन्, भारतीयलाई शहिद भनेर सलामी दिइन्छ, नेपालीलाई त्यो सम्मान दिइदैन, उतै शव सेलाइन्छ । यो विभेदप्रति पनि नेपाल सरकार र राष्ट्रि दलहरु मौन छन् । भारतीय गोर्खा सेनामा कति नेपाली छन्, यसबारे सरकारले कहिले बोलेको छैन । एक जानकारका अनुसार हाल ५० हजार गोर्खा रहेका छन् । यसमा शुद्ध नेपाली ३० हजार र भारतीय मूलका नेपाली २० हजार छन् । नेपाली गोर्खालाई पेन्सन बितरण गर्न भनेर भारतले नेपालका १६ स्थानमा पेन्सन क्याम्प खोलेर क्याम्पका नाममा सैनिक पोष्ट राखेको छ भन्दा हुन्छ । पेन्सन त बैंकबाट पठाउन सकिन्छ, यसरी पेन्सन क्याम्प नै नाका नाकामा किन खोल्नु परेको, सरकार बोल्दैन ।
चुनावका बेलामा गोर्खा सैनिक परिवारलाई भारतीय दूतावास र महावाणिज्य दूतावासमार्फत चलखेल गरिन्छ ।
संयुक्त भूतपूर्व सैनिक एवम् प्रहरी कल्याणकारी महासंघ नेपालका महासचिव कुलबहादुर केसीका अनुसार सबैभन्दा ठूलो पीडा परिवारजनलाई हुन्छ, तिनले आफ्नो संष्कारअनुसार सतगत गर्न नपाउनु अन्यायपूर्ण स्थिति हो । उनको तर्क छ– नेपालीको शव नेपालमा ल्याउँदा र भारतीय झण्डा ओढाउँदा नेपालमा बिरोध हुनसक्ने कारणले भारतले नेपालीको शव नदिएको हुनसक्छ । नेपाल सरकारले अनुमति दियो भने मारिएका सैनिकको शव भारतले दिनसक्ने विषयमा विपिन रावत र गृहमन्त्री अमित शाहसमेत सकारात्मक छन्, तर त्यस्तो कुनै सार्वजनिक अभिव्यक्ति भने आएको छैन । भारतमा मारिने गोर्खा सैनिकलाई शहिद घोषणा पनि गरिन्न ।
विपिन रावत हालै स्थल, जल र हवाई सेनाध्यक्ष रहेको चिफ अफ डिफेन्स स्टाफ नियुक्त भएका छन् । 

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper