banner
banner

विप्लव माओवादीको दोस्रो संघर्ष

काठमाडौं । नेकपाले दोस्रो चरणको संघर्षको कार्यक्रम घोषणा गरेको छ । नेकपाले चुनाव बहिष्कारको नारा लगाएको थियो, जनताले अस्वीकृत गरिदिए । दोस्रो चरणको कार्यक्रम पनि असफल भयो भने नेकपाको हैसियत न्यून हुनेछ ।
खासगरी विप्लव माओवादीले मंसिर १५ देखि २६ गतेसम्मका संघर्षका कार्यक्रम छन् । भारतीय हस्तक्षेपविरुद्धको पहिलोचरणपछिको यो दोस्रो कार्यक्रममा जुलुुस प्रदर्शन, अन्तरक्रिया, सीमा बचाउ अभियानद्वारा जारी नक्सा प्रचार तथा नक्सा प्रदर्शन, भारतीय दूतावास अगाडि प्रदर्शन, ज्ञापनपत्र बुझाउने र साहित्यिक कार्यक्रम गर्ने रहेका छन् । यसरी कार्यक्रम सार्वजनिक गर्दैगर्दा नेकपाले ओली सरकारलाई राष्ट्रियताको रक्षा गर्ने सवालमा साम्राज्यवादसामु लाचार छायाँ भनेको छ ।
वक्तव्यमा भनिएको छ– देशको माटो रक्षार्थ उठेको आक्रोश, पीडा, आन्दोलन र पहलकदमीलाई भारतीय साम्राज्यवादको निर्देशन र मालिक रिझाउने नियतले निरुत्साहित गर्न आक्रमण गर्ने गरेको छ । नेकपाले सरकारको आत्मसमर्पणवादी र दलाल प्रवृत्ति सशक्त आन्दोलनको धक्काबाहेक अरू कुनै तरिकाले पराजित नहुने भनेको छ । यो भनाई कतै राष्ट्रघातको सातो लिन खोजेको अनुमान गरिदैछ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper