banner
banner

तेस्रो शक्ति बनाउन इयु सक्रिय

काठमाडौं । पहिचानवादीहरुलाई एक ठाउँमा ल्याउन एकातिर युरोपियन युनियन लागेको छ भने अर्कोतिर मधेशवादी दलहरुलाई एक ठाउँमा ल्याएर तेश्रो शक्ति निर्माण गर्न भारत पनि लागेको छ । भारत भन्दा पनि युरोपियन युनियन भित्रभित्रै सशक्त योजनासाथ लागेको देखिदैछ ।
युरोपियन युनियनको लागेको हो यो । शान्ति, विकास, भाइचारा युरोपियन युनियनको उद्देश्य भए पनि यही उद्देश्यअन्तर्गत नेपालको राजनीतिमा र प्रशासन तथा न्यायक्षेत्रमा समेत इयुले आफ्नो राम्रै प्रभाव जमाइरहेको छ । अब हेर्नुछ, भारत र इयुले नयाँशक्ति पार्टीलाई उपेन्द्र यादवसँग अँगालो मार्न बाध्य पारेझैं तेश्रो शक्ति निर्माणमा मधेशवादी राजपा  र उपेन्द्र–बाबुरामलाई एकै ठाउँमा ल्याउन सक्ने हो कि होइन ?
भारतका शक्तिशाली प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोभलले उपेन्द्र यादव र राजपाका नेताहरुसँग भेटवार्ता गरेर भारतीय प्रभाव बढाउने तरिकाको खोज गरिसकेका छन् । अव हेर्नुछ, मधेशवादी दलहरुमा भएको व्यापक अन्तरविरोध मत्थर भएको छ, यो मत्थरपनले एकतामा ल्याउने हो होइन ?
यही कात्तिक ३० गते बस्ने समाजवादी दलको पार्टी बैठकले पार्टी सरकारमा बस्ने कि निस्कने भन्नेमात्र तय गर्नेछैन, राजपालगायतका मधेशवादीहरुसँग एकढिक्का हुने कि नहुने र उपेन्द्र यादव, राजेन्द्र महतो, महन्थ ठाकुरको भूमिका के हुने सम्मको निर्णय गर्ने बताइन्छ ।
यद्यपि केपी ओली गम्भीर बिरामी छन् र उनको स्वास्थ्य अवस्थाले नेपाली राजनीतिक यू टर्नमा अनेक सम्भाबना र संशयहरु विकसित भइरहेका छन् ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper