banner
banner

राष्ट्रपतिका नातेदारलाई त्रिविको जागीर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको चाहनाअनुसार त्रिभुवन विश्वविद्यालयको उपकूलपतिमा नातेदार धर्मकान्त बास्कोटालाई नियुक्त दिलाउन सफल भएकी छिन् । एक नम्बर प्रदेशको मुख्यमन्त्री शेरधन राईदेखि राष्ट्रपतिको कुनै पनि अनुरोधलाई प्रम केपी ओलीले नटारेको र पूरा नगरेको कुनै रेकर्ड छैन भन्छन् नेकपाका केही नेता ।
यसपल्ट काविल डाक्टर, राजनीतिकरणमा विश्वा नगर्ने डाक्टर भगवान कोइरालालाई नेपाल मेडिकल काउन्सिलमा नियुक्त गरेर धर्मकान्त बास्कोटालाई त्रिविमा जागीर दिने बाटो खोलिएको थियो र त्यस कार्यमा राष्ट्रपतिलाई सफलता मिलेको छ । अव राजनीतिकरणले सिकिस्त भइसकेको त्रिविको व्यवस्थापनमा अरु लथालिङ्ग चालामाला देखिने प्रष्ट छ । त्रिवि नेकपाको राजनीतिक अखडा बन्ने भयो ।
राष्ट्रपतिले म्यानमार, जापान भ्रमणमा साथमै लगेर यी मेरा मान्छे भनेर विज्ञापन गरेको आरोप लागिरहेका बेलामा कोइरालालाई पन्छाएर नियुक्त गरिएको छ । यो नियुक्तीमा समावेशीतालाई सरकारले ठाडै उल्लंघन गरेको देखिन्छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper