banner
banner

देउवालाई चोट, नेकपालाई भोट

काठमाडौं । ओली सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सातै प्रेशका प्रमुखलाई बर्खास्त गरेकी छिन् । बर्खास्त गर्नुको कारण, तिनको अक्षमता हो कि राजनीति प्रष्ट छैन ।
सातै प्रदेशका प्रदेश प्रमुख देउवा प्रधानमन्त्री भएका बेला २०७४ माघ ३ गते नियुक्त भएका हुन् र चुनाव अघि यिनलाई बर्खास्त गरेर नेकपाका निकटलाई भर्ति गर्ने र चुनावमा समेत तिनलाई उपयोग गर्ने रणनीति सरकारको देखिन्छ ।
पदमुक्त भएकाहरुमा प्रदेश १ का प्रा. डा. गोविन्दबहादुर तुम्बाहाङ, २ का रत्नेश्वरलाल कायस्थ, ३ की अनुराधा कोइराला,
 गण्डकी प्रदेशका प्रमुख बाबुराम कुवर, प्रदेश ५ का उमाकान्त झा, कर्णाली प्रदेशका दुर्गाकेशर खनाल र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख मोहनराज मल्ल छन् । यी पदहरुमा तत्काल नियुक्त हुनेहरु नेकपाकै सहयोगी हुने निश्चित भएकाले नेकपाभित्र कार्यकर्ता, नेताहरुमा नयाँ उर्जा थपिने छ, यो उर्जा उपचुनाव जित्ने र पार्टीले काम दिन्छ भन्ने विश्वास जगाउनका लागि समेत प्रभावकारी हुने अनुमान गरिएको छ ।
संविधानको धारा १६५ ले सबै प्रदेशका प्रमुखहरु एकैसाथ पदमुक्त गर्न सकिने व्यवस्था नभएकाले संवैधानिक बिबाद सुरु भएको छ ।
अचम्म, सातै प्रदेश प्रमुखहरुले किन बर्खास्त गरेको भनेर समेत सोध्ने नैतिक साहस देखाएका छै्रनन् । तिनले आफ्नो गल्ती सोध्नु पर्दैन ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper