banner
banner

महासंघ सिध्याउने अलोकतान्त्रिक समूह

काठमाडौं । भवानी राणालाई अध्यक्ष बनाउन पशुपति मुरारकाले जुन टिकेप्रथाको षडयन्त्र सुरु गरेका थिए, त्यही षडयन्त्र लागू हुनुपर्छ भनेर शेखर गोल्छा र चण्डी ढकालसहितको अलोकतान्त्रिक समूह लागिपरेको छ । शेखर गोल्छालाई टिके अध्यक्ष बनाउने यो षडयन्त्र बिरुद्ध पूर्व ६ अध्यक्षहरुले प्रयास सुरु गरेका छन्, तर यसविरुद्ध शेखर कोइरालाले पैसा भए जे पनि गर्न सकिन्छ भनेर आफ्नो
 पक्षमा माहोल बनाउन र महासंघका नियम संशोधन रोक्न भरमग्दुर प्रयास गर्न थालेका छन् ।
पूर्वअध्यक्षहरु महेशलाल प्रधान, रविभक्त श्रेष्ठ, विनोदबहादुर श्रेष्ठ, प्रदीपकुमार श्रेष्ठ, कुशकुमार जोशी र सुरज बैद्य लोकतान्त्रिक पद्धतिअनुसार चुनावबाट कार्यसमितिको छनौट हुनुपनेै माँग गरिरहेका छन् । यसलाई रोक्न शेखर गोल्छा र चण्डी ढकाल, पशुपति मुरारको शक्ति परीक्षण सुरुभइसकेको छ ।
यो समूहमा जिल्ला, नगर, प्रदेश, एसोसियट, बस्तुगत संघहरुसमेत सहमत भएका छन् । यसमा चण्डीराज ढकालले यिनै पूर्व अध्यक्षहरु हिजो बिरोधमा थिए, आज अध्यक्ष प्रत्यक्ष चुनावबाट हुनुपर्छ भनिरहेका छन् । यो सैद्धान्तिक विचलनको मुद्दा पनि हो । त्यस्तो हुनसक्दैन । बरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्नेछन् ।
त्यसो त नेपाल उद्योग वाणिज्य महासंघ नेवा गुठीका रुपमा बदनाम छ ।  त्यसमाथि विभेद र निषेध बढेपछि विनोद चौधरी अलग भएर सीएनआई गठन गर्नपुगे । आज महासंघभन्दा सीएनआई सम्मानित हुनपुगेको छ । कतै यो झगडाले रहेसहेको महासंघको साख मटियामेट हुने त होइन ? यो संसय किन पनि बढेको छ भने यतिखेर पुनः महासंघमा नेतृत्वको होडबाजी सुरु भएको छ र यो होडबाजीका वीचमा ध्रुविकरण हुनथालेको छ । यो तानातानले महासंघ धेरै कमजोर हुने निश्चित छ । त्यसै पनि भ्रष्टाचार र मनोमानीले महासंघ केही घरानीयाको बपौतीजस्तो बनेको छ, फेरि पनि महासंघको उद्देश्य प्राप्तिमा चिन्ता भन्दा पनि आफ्नो बर्चस्व कायम राख्ने अहंतुष्टिको महाभारत देखिन थालेकाले महासंघ झन कमजोर र प्रभावहीन रुपमा बुख्याँचाजस्तो भएर रहने स्थिति देखिन्छ ।
महासंघको साख पहिले जुन थियो आज छैन र सीएनआई बनेपछि महासंघ थपनाजस्तोमात्र देखिन्छ । महासंघको दोहनका लागि जुन अलोकतान्त्रिकपन स्थापित गर्ने जमर्को हुँदैछ, त्यो आत्मघाती देखिन्छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper