banner
banner

सीको भ्रमण चासो बढ्दैछ

काठमाडौं । चीनका राष्ट्रपतिले नेपाल भ्रमण गर्ने पक्कापक्की भएपछि नेपालबारे विदेशीले बढी चासो राख्न थालेका छन् । 
राष्ट्रपतिले नेपाल भ्रमण गर्ने कुरा चिनियाँ महामहिम राजदूत हाउ याङ्छीले ‘हामी राष्ट्रपतिलाई स्वागत गर्न प्रतिक्षारत छौं, यो भ्रमण ऐतिहासिक हुनेछ’ भनेर पुष्टी गरिदिएकी छिन् । भ्रमणमा शंका रहेन ।
चीनको ७०औं राष्ट्रिय दिवसका दिन महामहिम राजदूतले पुनः यही विषयलाई प्रष्ट पारेकी हुन् ।
राजदूतले चीन र नेपालवीच रहेको परम्परागत मित्रतालाई नयाँ उचाइमा पु¥याउने सहमति भएको र हालै स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीको भ्रमण तथा विदेश विभागका मन्त्री सोङ ताओको भ्रमणमा पनि दुबै मुलुकवीच सहकार्यका लागि छलफल भएकोले मित्रता मजबुत रहेको बताइन् ।
चीनबाट उच्चस्तरीय भ्रमण भएपछि सम्बन्धमा नयाँ इतिहासको सुआत हुनेछ । भ्रमणको यकिन मिति प्रष्ट नपारिए पनि असोज २७ मा आएर २८ मा फर्कने अनुमान गरिएको छ ।
४० अल्पविकसित मुलुकमा सबैभन्दा बढी लगानी गर्ने चीनले नेपालमा के कस्तो लगानीको बचन दिने हुन्, त्यो खासगरी भारोअमेरिकी धुरीमा व्यापक चासो बनेको छ ।
नेपालमा आफ्नो प्रभाव क्षेत्र मान्ने भारतले पलपलको जानकारी लिइरहेको छ र परराष्ट्र मन्त्रालयले के कस्तो तैयारीमा जुटेको हो भन्ने पनि उसको चासोमा रहेको छ । यसपटक चीनले प्रतिस्पर्धीलाई ठूलो धक्का दिने अनुमान सबैतिर गरिएको छ । २३ वर्षपछिको यो भ्रमण यसकारण पनि बढी चर्चाको शिखरमा पुगेको हुनसक्छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper