banner
banner

गाई हत्याकाण्ड सामसुम

काठमाडौं । भदौ १२ गते नेपालगञ्ज उपमहानगरले दैलेख पठाएको ३ सय गाईलाई सुर्खेतको कटकुवा जंगलको भीरबाट गुल्टाएको काण्ड, जसमा ३५ गाई मरे, कतिको खुट्टा गर्धन भाँचियो, यो गाईकाण्ड सामसुम भएको छ ।
देशैभरि गौमातामाथि अन्याय भयो, हत्याको मुद्दा लगाउनुपर्छ भनेर आवाज उठेपछि गृहमन्त्रालयले उपसचिवसागरमणि पाठकको नेतृत्वमा भदौ १४ गते ४ सदस्य रहेको छानबिन समिति गठन ग¥यो, यो समितिले आफ्नो रिपोर्ट पनि बुझाइसकेको छ । गृहमन्त्रीले दोषीमाथि कारवाही हुन्छ भने, कसैमाथि कुनै कारवाही हुनसकेन । गाईहत्यारालाई समेत राजनीतिले छोपछाप पारेको छ ।
भनिन्छ, रिपोर्टमा केही व्यक्ति दोषी देखिएकाले कारवाहीका लागि सिफारिस गरिएको छ । गाई पठाउने आदेश दिने नेपालगञ्ज उपमहानगरपालिकाले समेत नैतिक जिम्मेवारी लिएन । गाई चिन्ह भएको राप्रपाले यो मुद्दालाई उठाउन छाडेको छ, कारण नेपालगञ्ज उपमहानगरमा राप्रपाको नेतृत्व छ । न्यायको आवाज उठाउनु पर्ने, हिन्दुत्व बचाउनुपर्ने राप्रपाको मुखबुजो लाग्नुले राप्रपा अझै नीति र नैतिकतामा उभिन नसकेको आरोप लाग्न थालेको छ । राप्रपाले नै गाईको रक्षामा नउभिने हो भने गाई काटेर खान हुन्छ, गाईको स्वच्छ मासु खाउँ भनेर विज्ञापन गर्ने पशुसेवा विभागको प्रचार देख्दा राज्य नै गाई विरोधीका रुपमा हौसिन थालेका देखिन्छ । गाई अव असुरक्षित हुने अवस्था सिर्जना हुनथाल्यो ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper