banner
banner

प्रमलाई असफलताको छटपटी

काठमाडौं । मन्त्रीहरुलाई सामुन्ने राखेर प्रधानमन्त्री केपी ओलीले नराम्ररी रिसाएका छन् । उनले काम नगर्नेलाई फाल्ने संकेत दिएका छन् । मन्त्री र सचिवको प्रगतिविवरण माँगेपछि आत्तिएका सचिव र मन्त्रीहरु अव के हुने हो भनेर त्राहीमाम भएका छन् । यातायात र खानेपानीमन्त्रीसँग साह्रै असन्तुष्ट देखिएका प्रधानमन्त्री अर्का अध्यक्षका प्यारा यी दुबै मन्त्रीलाई तह लगाउन वा फाल्न नसक्ने स्थितिमा छन् । त्यसै पनि प्रचण्ड खुश नभएको देखेका प्रधानमन्त्रीले प्रचण्ड निकटकै मन्त्रीमाथि एक्सन लिँदा स्थिति झन धमिलो हुने आशंकामा देखिन्छन् उनी ।
गत साउन १५ गते इतिहासमै पहिलोपल्ट प्रधानमन्त्री मन्त्र,ि मन्त्री सचिव, सचिव मातहतका कर्मचारीवीच करार गरेर उत्साहजनक उपलव्धिको आशा गरेका प्रधानमन्त्री खोदा पहाड निकला चुहाको स्थितिले निराश छन् । अव प्रधानमन्त्रीका सामु काम देखाउन नसक्नेमाथि कारवाही गर्नुको बिकल्प छैन । आफै अलोकप्रिय भइसकेका प्रधानमन्त्रीले टालटुले निर्णय गरेर नहुने निष्कर्षमा पुगिसकेका छन् ।
कतिपयले माथिल्लो निकायबाट हुने हस्तक्षेपका कारण परफरमेन्स देखाउन नसकेको आक्षेप पनि लगाएका छन् । मन्त्रीदेखि सचिवसम्म र सल्लाहकारदेखि पार्टीका बरिष्ठहरु सबै सरकारको दुरुपयोगमा लागेका छन् । यहीकारण सरकारमाथि प्रभावहीनताको कलंक लागिसकेको छ । यसको दुस्प्रभाव नेकपा पार्टी र यसका दुबै घटकको एकतामा समेत पर्न थालेका छ । कसैले बढी लाभ पाउने, कसैले केही नपाउने स्थितिले पनि विषमता थपेको छ । नेकपा आमनागरिक र राष्ट्रमाथि सोच्न भन्दा पनि आफूवीचको एकता र दुई तिहाइको सरकार टिकाउने कसरी भन्ने चिन्तामा छ । यद्यपि यही चिन्ताभित्र प्रचण्डलाई पार्टी नेतृत्वको एकाधिकार चाहिएको छ, ओली पार्टी र सरकार दुबै छाड्न नपरे हुन्थ्यो भन्नेमा छन् । बाँकी माधव नेपालहरु आफ्नो स्थिति बलियो पार्नतिर लागेका छन् ।
व्यवसायिक तथा पेशागत संगठनहरुको चुनावमा नेकपा पक्षधर सबै हार्न थालेका छन् । बैदेशिक रोजगार महासंघ, टानमात्र होइन, प्रधानमन्त्रीको चुनाव क्षेत्रको उद्योग वाणिज्य संघमा समेत नेकपाको सफाया भएको छ । यो गम्भीर संकेत ठानेको नेकपाले आगामी मंसिर १४ मा हुने संसदीय, प्रदेश र स्थानीय उपचुनावसमेत हार्ने चिन्ता गर्न थालेको छ । यही चिन्तालाई प्रष्ट पार्दै वामदेव गौतमले भनेका छन्– म फेरि चुनाव हार्नका लागि कास्की २ को उपचनुावमा उठ्दिन । यसका अलावा भ्रष्टाचारको बिरोधमा लागेकाहरु र कांग्रेसका नेताहरुमाथि समेत अरिंगालझैं खनिन थालेका नेकपाका कार्यकर्ताहरुको भिजुअल सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् र यसबाट नेकपा भनेको निरंकूश र अराजक नै रहेछ भन्ने सन्देश जनतामा गइरहेको छ । यसबाट पनि नेकपामा नराम्ररी झस्किएको र आत्तिन पुगेको छ ।
यो सब देखिरहेका प्रधानमन्त्री सम्हालिन खोज्दैछन् र लोभीपापीहरुलाई पन्छाएर एउटा गतिलो कोर्स लिने सोचमा छन् । आफै बिरामी स्थितिका ओलीले रिसाउन त सक्लान्, जनता रिझाउन सक्लान भन्ने प्रश्न उठेको छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper