banner
banner

चौधरी बोल्दा अर्थमन्त्री ट्वाल्ल

काठमाडौं । बिनोद चौधरी यतिबेला कांग्रेसको खेमामा छन् । तर उनलेजति नेपाली अर्थतन्त्र र समाजलाई कसले बुझेको होला । त्यसै उनी सफल व्यापारी उद्यमी बनेका होइनन् । विश्वका धनाध्येको सूचीमा र नेपालको नम्बर वान धनी व्यक्ति बनेका पनि होइनन् ।
बिनोद चौधरीले प्रतिनिधिसभामा उभिएर अर्थमन्त्रीलाई समेत ट्वाल्ल पर्नेगरी आर्थिक मुद्दा उठाएका छन् । चौधरीले भनेका छन्– नेपाल जीडीपीको तुलनामा ३० प्रतिशत कर लाग्ने मुलुकको सूचीमा छ । धान्नै नसकिने गरी करका दर लगाइएको छ । ७५३ वटै सरकारलाई डोजरदेखि आफ्नो मोटर किन्ने पैसा जोहो गर्न नयाँ–नयाँ राजश्वका दर ल्याइँदा उद्योगी र व्यवसायी धराशायी हुँदैछन् ।
चौधरीले भनेका छन्– संचारमाध्यममा पैतृक सम्पत्तिमा कर लगाउने विषय वाहिर आएको छ । यो हल्ला मात्रै होला भन्ने मलाई लाग्छ । यदि सम्पत्ति हस्तान्तरणमा समेत कर लाग्ने व्यवस्था कार्यान्वयनमा ल्याइयो भने यो कर प्रणालीले गम्भिर विकृति निम्त्याउने निश्चित छ । यसले डरलाग्दो सामाजिक चुनौति जन्माउने निश्चित छ । यो चुनौति थेग्न मुस्किल पर्नेछ ।
स्मरणीय छ, अर्थमन्त्री युवराज खतिवडाले नेपाल चेम्बर अफ कमर्शको छलफल कार्यक्रममा पुगेर पैतृक सम्पत्ति हस्तान्तरण गर्दा कर लगाउने बहस चलाएकै हो, कति लगाउने यसमा टुङ्गो नलागेको स्पष्ट  पारेका छन् । पैतृक सम्पत्तिमा कर, यो विषयले ठूलै सनसनी फैलिएको छ । निजीक्षेत्रले यस्तो करले लगानी निरुत्साहित हुने भन्दै गर्दै अर्थमन्त्रीले कर लगाइन्छ भन्ने स्वीकृति जनाएपछि बिनोद चँैधरीले यो विषय संसदमा उठाएका हुन् । चौधरीले कर प्रणालीमा व्यापक सुधारको खाँचो छ भन्दै पुनरावलोकन गर्ने माँग पनि उठाएका छन् । करलाई उत्पादनसँग जोड्ने हो, जोड्न नसके मुलुकको विकास योजना कागजमा मात्र रहनेछ । कर बढाउने, सातै प्रदेशमा खोल्ने भनिएको औद्योगिक क्षेत्र खुल्न सकेनन्, लगानी निरुत्साहित भइरहेका छन् । भैरहवामा विशेष आर्थिक क्षेत्र भनिए पनि एउटामात्र उद्योग गएको छ । कोही जान चाहेनन्, उद्योग खोलेर नाफा नै नहुने, कर मात्रै तिर्नुपर्ने भएपछि कसरी उद्योग खुल्छ ? उद्योगी चौधरीको प्रश्न छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper