banner
banner

शासनाधार भ्रष्टाचारै भ्रष्टाचार

सुनमा कली बस्छ भन्थे, शासनमा कम्युनिष्ट बसेपछि सर्वत्र भ्रष्टाचारको महामारी फैलिएको छ । एकै महिनामा ३० जनाभन्दा बढी भ्रष्टाचारमा पक्राउ पर्नु, सबै सुरक्षा निकाय अनियमितता र अनैतिकताको पहिरोमा पर्नु, अख्तियारले मुद्दा हाल्नासाथ अदालतले धरौटीमा छाडिदिने परम्परा बसेकाले कर्मचारीतन्त्र कानुनदेखि डराउन छाडेका छन् । सरकार र संसदमा बस्नेले भ्रष्टाचारीलाई संरक्षण दिएकैकारण र अदालतमा समेत सेटिङको कालो छायाँ परेकाले कानुन देखाउने दाँतमा सिमित छ । भ्रष्टाचार सुरसाको मुखजस्तो डरलाग्दो बन्दै गएको छ ।
संघीयता यति खर्चालु हुन गएको छ कि खर्च टार्नकै लागि दोहोरो, तेहरो करको भार सर्वसाधारण, व्यवसायीमाथि थोपरिएको छ । एउटा चिया पसलेले समेत घरेलु जानुपर्ने, प्यान नम्बर लिनुपर्ने, स्थानीय निकायमा दर्ता गरेर कर तिर्नुपर्ने बाध्यतामा परेका छन् । ज्यामी काम गर्ने, नाङले पसलेले समेत प्यान नम्बर लिनुपर्ने भएको छ । दिनभरि काम गरेर साँझा हातमुख जोर्नुपर्ने, घरका बालबृद्धको उपचारमा खटिनुपर्ने सामान्य व्यक्ति दर्ता हुनुपर्ने र कर तिर्नुपर्ने लाइनमा बस्ने कि कमाउन जाने ?
लोकतान्त्रिक गणतन्त्र जनताका लागि पहाडले थिचेजस्तो उकुसमुकुसको व्यवस्था हुनपुगेको छ ।
यति नै बेला महालेखा र अख्तियारको सक्रियता र रिपोर्टले सिंगो मुलुकमाथि नै भ्रष्टाचारको ऐंजेरु लागेको देखाएको छ । प्रधानमन्त्री केपी ओली भ्रष्टाचार नसहने, देख्यो कि टिपेर फाल्ने र शून्य सहनशीलता अपनाउने भनेर निकै कुर्लिए पनि १८ महिनाको शासनमा ओली नेतृत्वको नेपाल सरकार भ्रष्टाचारी सरकार बन्न पुगेको छ । भ्रष्टाचार नभएको ७ सय ६१ सरकार मात्र होइन, यी सरकार मातहतका कुनै निकाय अछुत छैनन् । जता हेरे पनि भ्रष्टाचारको भ्वाङ देखिन्छ, पार्टीका कार्यकर्ता, जनप्रतिनिधि नामका प्राणीहरु भ्रष्टाचारी देखिएका छन् । अख्तियारप्रमुख नै दैनिकै भ्रष्टाचारी पक्राउ परिरहेका छन्, भ्रष्टाचारी बढेका छन्, भ्रष्टाचार बढेको छ ।
अख्तियार स्रोत भन्छ– अख्तियारमा यति धेरै प्रमाणसहितका उजुरी आउन थालेका छन् कि ती सबैमा अनुसन्धान गर्नै मुस्किल छ । स्थानीयदेखि केन्द्र सरकार मातहतमा भ्रष्टाचारका उजुरी आइरहेका छन् । यी त नीतिगत र आर्थिक घोटालाका सवाल भए, एनसेल, वाइडबडी जहाज खरिद, सुनकाण्ड, वालुवाटार जग्गा प्रकरण, मानवबेचबिखनलगायतका उजुरीमा त अख्तियारले अनुसन्धान गर्नै छाडेको छ । कारण अख्तियारमाथि सरकारको यतिबिघ्न दबाब छ कि अख्तियारका प्रमुख नविन घिमिरेको हैसियतले नै अनुसन्धान गर्न नसक्ने हालत रहेको छ ।
मलाई राजा बनेर

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper