banner
banner

मन्त्रीले छक्का हानेपछि पारसको के काम ?

काठमाडौं । कुन्नी कसले के पायो, बोक्रैसमेत चपायो भनेझैं पर्यटन मन्त्री बनेका योगेश भट्टराईले २० हजार पर्यटन व्यवसायी टुँडिखेलमा उतारेर नेपाल भ्रमणवर्षको शपथ खाने फुइँकी हाँकेका छन् । यस अघि उनले २ लाखको जुलुस निकालेर निजगड एयरपोर्टको उद्घाटन गर्ने र विश्वकै सानदार एयरपोर्ट निर्माण गर्ने बताएका थिए ।
२ थान वाइडबडी विमान खरिद प्रकरणको भ्रष्टाचार सार्वजनिक गर्ने हिम्मत छ मन्त्रीसँग । अति हौसिनु पनि कहिले कहिले महगो पर्छ । त्यस्तै हौसिएका हुन् मन्त्ती भट्टराई ।
यिनै मन्त्रीलाई कसले सन्कायो कुन्नी, आफू क्रिकेट मैदानमा ब्याटिङका लागि उत्रिएको र एक एक रन नहान्ने, चौका छक्का हान्ने दावी पनि गरेका छन् । यतिमात्र होइन, उनले पोखरा र भैरहवाको विमानस्थल निर्माणको समयमै सक्ने र थप पर्यटकीय गन्तव्य विकास गरी नेपाललाई पर्यटकीय आकर्षक गन्तव्य बनाएर छाड्ने कुरा पनि बताए ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper