banner
banner

देशको राष्ट्रपति यस्तो हुनुपर्छ

काडमाडौं । भारतमा बलात्कारका घटना यसरी बढ्यो कि बलात्कार आतंक नै बनेको छ । सरकारमाथि प्रश्न उठ्यो, संसदमा बहस भयो र राष्ट्रपतिले समेत लविङ गरेको समाचारहरु आए । त्यसपछि बन्यो पोस्को अध्यादेश, संसदले पारित ग¥यो ।
एयअकय एक्ट राष्ट्रपति समक्ष पुग्नासाथ राष्ट्रपति पर अध्यादेश को राष्ट्रपति रामनाथ कोविन्दले लालमोहर ठोकिदिए । भारतभरि यो कानुनको चर्चा छ ।
अव बलात्कार गर्ने, अझ बालबलात्कार गर्नेलाई सोझौ फाँसीको सजाय हुने भएको छ ।
राष्ट्रपतिले राष्ट्रको रक्षाखातिर सदैव चनाखो भइरहनु पर्छ । हो, कार्यकारी नभए पनि राष्ट्रपतिका लागि राष्ट्र प्राथमिक विषय हो । राष्ट्रमा आइपर्ने बलात्कारजस्तो जघन्य अपराधमा माफीको सवालै छैन । अव याचना हुनेछै । जो बलात्कारी हो, अदालतले ठहर गर्नासाथ सिधै फाँसीमा चढ्छ । बलात्कारीलाई कन्सेसन छैन ।
नेपालमा बालिकादेखि बृद्धसम्म बलात्कृत भइरहेका छन् । यतिबेला इन्जेक्शन आतंकसमेत फैलिएको छ । छोरीबुहारी, आमासमेत सुरक्ष्ँित छैनन् । यो अवस्थामा नेपालमा किन बलात्कारी र हत्यारालाई फाँसीको सजाय दिने कानुन नबनाउने ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper