banner
banner

लोकतन्त्रको एक्लो बहादुर

काठमाडौं । ७७ जिल्ला, ३ करोड जनसंख्या भएको नेपालमा ७६१ सरकार छन् । त्यसमध्येको चन्द्रागिरी नगरपालिकाको इकाई १५ नम्बर वडामा अध्यक्ष छन्– उत्तम राउत, लोकतन्त्रको एक्लो बहादुर ।
त्रिविबाट द्यब्चअज ब्चअजष्तभअतगचभ, ःकअ ग्चदबल उबिललष्लन, ः।ब्। गरेका युवा, उनी स्वदेशमै राम्रो काम पाउन सक्थे, काम गरिरहेका पनि थिए, विदेशको अवसर पनि आएकै थियो तर एमाले (हाल नेकपा) राजनीतिमा लागे । उनको विश्वास छ– मौका पाउँदा पनि नबिग्रने नेपालको एकमात्र कम्युनिष्ट नेता मनमोहन अधिकारी हुन् ।
एमालेले चुनाव जित्यो, नेकपा बन्यो र नेकपाको १६ महिनाको शासन हेरेपछि उनी आफ्नो अनुहार ऐनामा हेर्छन् र लेख्छन्– हामीले केको लागि राजनीति गर्ने ? के राजनीतिक पेशाबाट अर्थ आर्जन सम्भव छ ? यी दुई प्रश्न समृद्ध नेपाल, सुखी नेपाली, शान्तिका लागि यक्ष प्रश्न हुन् । यी प्रश्न आजसम्म सत्तासीन भएका र रहेका सबैमा परिक्षण हुने हो भने गनाउने राजनीति पवित्र हुनसक्छ ।
यो सरकार बनेपछि सुन काण्ड भएन कि, सिन्डिकेट काण्ड, निर्मला बलात्कार–हत्याकाण्ड, जहाज खरिदमा घोटाला, होली वाइन, गुठी विधेयक र आइफामा चिप्लिएको सरकार अव मास्क काण्डमा समेत फस्न पुगेको छ । योभन्दा अलोकप्रिय काम के हुनसक्छ ? यी सबै काण्डहरु र नेताहरुमा देखिएको नवधन्याध्यपन र सर्वहाराबर्ग झन झन गरीब बन्दै गएको देखेर यी युवाले ‘हामीले केको लागि राजनीति गर्ने ? के राजनीतिक पेशाबाट अर्थ आर्जन सम्भव छ ?’ ‘आखिर राजनीति भनेको बाँडिचुँडी खाने सम्झौता न रहेछ ।’ प्रश्न उठाएका हुन् । उनको आँखाले जे देख्यो, ब्रम्हले जे भन्यो, त्यही बोले । सत्य बोले । सत्य बोल्ने जनप्रतिनिधि कति छन् ?
यी ती युवा हुन्, जसले नेकपाका सांसद मन्त्रीले बोल्न नसकेको कुरा बोले– ‘गुठी विधेयक एकपल्ट पुनर्विचार गरौं । कतै यो लिच्छविकालदेखिको उपत्यकाको धरोहरको काल बनेर त आउँदै छैन ?’ यद्यपि सही कुरा नसुन्दा यो विधेयक फिर्ता लिन सरकार बाध्य भयो ।
राष्ट्रपतिको विदेश भ्रमण, प्रधानमन्त्रीको भ्रमणमा सुरक्षाकर्मीले सडक जाम, आकाश जाम गरेको मात्र होइन, एम्बुलेन्सलाई समेत आवतजावत बन्द गरेको देखेर र प्रधानमन्त्रीका हलुका अभिव्यक्तिबाट प्रताडित भएर लेख्छन्– ‘प्र.म. को सल्लाहकार टीम बहुत कमजोर साबित भो । तुरुन्त परिवर्तन गरौं ।’
प्रधानमन्त्रीको किचन क्याविनेटमा अर्थमन्त्री युवराज खतिवडा, निजी सचिवमा इन्दिरा भण्डारी, विदेश मामिलामा राजन भट्टराई, राजनीतिक सल्लाहकारमा विष्णु रिमाल र प्रेस सल्लाहकारमा कुन्दन अर्याल, जनसम्पर्कमा अचुत मैनाली रहेका छन् । राज्यमन्त्री सरहका सल्लाहकार सक्षम देखिएनन्, किनभने मिडिया काउन्सिल विधेयकसमेत विवादित भयो ।
आइतवार विहानै प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले ट्वीट गरे– ‘भनिन्छ, छौंडाहरू आफैं चलमलाउँदैनन्, कसैले छोड्छन्, दुःख दिन्छन् ! यी छौंडाहरू आफैं चलमलाएका हुन् की कसैले छोडेका ?’
पार्टीभित्रका चित्त नबुझेका कुरामा आलोचना गर्न पाइन्छ भन्ने नीति अनुसार नै भीम रावल, माधव नेपाल, वामदेवहरुले सरकारका निर्णयहरुबारे आलोचना गरेका थिए । तिनलाई छौंडा नै भनेर प्रधानमन्त्रीका सल्लाहकारले संकेत गरेपछि सनसनी फैलने नै भयो, फैलियो । १६ महिने कार्यकालमा जब सरकारले एउटा पनि सही निर्णय गरेन र निर्णय सही साबित गर्न सकेन, पार्टीलाई जनविश्वासबाट पर पर धकेल्यो भने आलोचना त हुन्छ । यसको जिम्मेवारी प्रधानमन्त्री र सल्लाहकारहरुले नलिने ?
नेकपाले जतिसुकै फुइँकी लगाए पनि गाउँतहसम्म सिंहदरवार पुग्यो भने पनि एउटा उदाहरणीय गाउँ देखाउन सक्छ ? राजनीतिक सरकार र प्रशासनिक सरकारले हेरोस्– चन्द्रागिरी नगरपालिकाको १५ नम्बर वडा । हो, यो वडामा पुगेको छ सिंहदरवार । यो एउटा वडा हो जहाँ अन्धअपाङगले सेवा पाएका छन्, बालबृद्ध, कमजोर–सिमान्त बर्गले सेवा पाएका छन्, तिनको गुहार सुनिन्छ, तिनको पीडामा मलम लगाउने काम भएको छ, डिजिटल वडामा धुलो उड्दैन, हिलो देखिन्न, देखियो कि त्यसको समाधान खोजिन्छ । एउटा वडा इकाईले असल नेता पायो भने के हुँदो रहेनछ, ७६१ सरकारमा कहीँ छ यस्तो जनताको कुरा सुन्ने प्रचलन ? कुरा सुनेर समाधान दिने परम्परा ?
सवाल व्यक्तिको होइन, व्यवहारको हो, सोचको हो, केही गर्ने इच्छाशक्तिको हो, संघीय गणतान्त्रिक लोकतन्त्र सफल पार्ने हो भने ७६१ सरकारले चन्द्रागिरीको १५ नम्बर वडालाई समृद्ध नेपाल, सुखी नेपालीको रोलमोडलका रुपमा हेर्न जरुरी छ । उत्तम बहादुरलाई स्वावासी दिन आवश्यक छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper