banner
banner

राजा र विप्लव अटने गोलमेच

झण्डै डेढवर्षको शासनकालमा नेकपाले जे जति निर्णयहरु गरेको छ, उसले पाएको जनादेशको अपमानमात्र भएकोले नेकपाको शासन असफल भइसक्यो । नेकपाको सफलताको साँचो भनेको संविधानलाई सामयिक सुधार गरेर संविधानमा सामयिक निर्णयको प्रतिक्षामा सहयोगीजस्तो देखिएको राजतन्त्रसहितको हिन्दुराष्ट्र र संविधानको विद्रोह गरेर बम पड्काउन थालेको विप्लवसमूह अट्नसक्ने गोलमेच सम्मेलनको निष्कर्ष नै हुनसक्छ ।
काठमाडौं । लोकतन्त्र त आयो, संविधान पनि जारी भयो, चुनाव सम्पन्न भएर सरकार बनेको डेढवर्षमा पनि शान्ति, स्थिरता र समृद्धिको सुरुआत हुनसकेन । आज पनि राजनीतिक मुद्दहरुकै घुमौरोमा राष्ट्र अन्यौलग्रस्त नै छ । यो अन्यौलतालाई चिर्न र राष्ट्रिय मुद्दाहरुको व्यवस्थापन गर्न नसक्ने हो भने संविधानमात्र होइन, राष्ट्र नै दुर्घटनामा पर्ने खतरा बढेको छ ।
मुख्य समस्या हिन्दुराष्ट्र, राजतन्त्रलाई यथास्थान र संविधानबाहिरको विप्लव, बैद्य समूहका माँगको संवोधन जरुरी छ  यी यस्ता समस्या हुन्, जसले राष्ट्रलाई स्थिरता दिन सक्ने अवस्था नै हुँदैन । विप्लव समूहले बम पड्काउन मात्र थालेको छैन, अवको जनयुद्ध नेता मारेर गर्ने उद्घोषसमेत गरिसकेको अवस्था छ भने राजतन्त्रवादी र हिन्दुवादीहरु जनसंघर्षको उद्घोषण गरिरहेका छन् । वैद्य समूह पनि यो सरकारलाई तस्कर र भ्रष्टाचारी भनिरहेको छ ।
जसले जे भने पनि दुई तिहाइ छ भनेर अघि बढ्ने हो भने यो प्रावधिक शक्तिले नेकपाको ख्यातीलाई शून्यतिर धकेल्नेछ । अहिले नै अलोकप्रियताको ओह्रालोयात्रा झर्न थालिसकेको नेकपाको शासनशैली अधिनायकवादी भएकै कारण राष्ट्रिय सहमति र सहकार्यका साथ अघि नबढ्ने हो भने नेकपाका लागि यो सुनौलो अवसर अन्तिम अवसरका रुपमा पनि लिन सकिन्छ । भारतमा हालै सम्पन्न निर्वानमा कम्युनिष्टको पत्तासाफ भएपछि त्यसको हावा झोक्का बनेर अहिले नै नेपालमा अनुभव हुनथालिसकेको छ ।
हुन त राप्रपाले राजसंस्था र विप्लवसमूह अटाउने लोकतन्त्रको मुद्दा उठाउँदै यसका लागि गोलमेच सम्मेलनको आह्वान गरेको छ ।
राप्रपाको यो माँग सहमति र सहकार्यका लागि समयको आवाज भन्दा फरक पर्दैन । राप्रपाले माँग गर्दैमा यो सामयिक माँग प्रतिगामी भनेर अस्वीकार गर्ने हो भने कदापि त्यस्तो सोच नेकपाका लागि बुमे¥याङ हुनजानेछ । राम्रो सुझाव जो कसैले दिएको होस्, नेकपाले त्यसलाई आत्मसात गरेर अघि बढ्दा नेकपाको साख बच्ने मात्र होइन, नेकपाले उठाएको समृद्ध नेपाल, सुखी नेपाली, सुशासनका मुद्धाहरु नै संवोधन हुनजानेछ र अन्ततोगत्वा नेपालको श्रीवृद्धि र नेकपाको अस्तित्व दुबै मुखरित भइरहनेछ ।
नेकपाले समीक्षा गर्ने विषय भनेकै राजनीतिक स्थिरता किन आएन भन्ने हो । निषेध, विभेद र अहंको राजनीतिले नेकपालाई समाजबाट टाढा लगिरहेको छ । खासगरी अनियमितता र भ्रष्टाचारले नेकपालाई बिकृत पारिरहेको छ । नेकपाले छिटोभन्दा छिटो राजा र विप्लव अट्ने गोलमेच गर्नु जरुरी छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper