banner
banner

नेपालमा चर्चको महामारी

काठमाडौं । २०१९ मा २ चर्च थिए, २०४६ मा २९२ पुगेछ । २०५९ मा १८३९ पुगेको चर्च २०६४ सालमा २८०० पुगेको थियो । धर्मनिरपेक्ष्ँता घोषणा भएपछि २८०० पुगेको चर्चको संख्या २०७२ साल असोज ३ गते धर्मनिरपेक्ष संविधान घोषणा भएपछि अहिले २९ हजार पुगेको छ ।
यही रफ्तारमा चर्चको संख्या बढ्ने र धर्मान्तरणलाई खुला छुट दिने हो भने १० वर्षभित्र इसाईको जनसंख्या ५० प्रतिशत पुग्नसक्ने देखिन्छ । अधिकांश चर्च, मिसिनरी, बाइबल केन्द्र र आइएनजीओको मुख्य काम नै धमपरिवर्तन बनेको छ । विश्वका नामी सञ्चारमाध्यमहरुले समेत गरीवहरुलाई लोभलाभमा पारेर धर्मपरिवर्तन भएका रिपोटै दिएका छन् ।
तथ्याङ्कले ९४ प्रतिशत ॐकार परिवार रहेको बताए पनि यथार्थमा यो तथ्याङ्क गलत साबित भइसकेको छ । सनातन धर्म बिस्थापित हुने क्रम सुरु भइसकेको छ । विश्वमा तीब्र गतिमा इसाईकरण भइरहेको नेपाल हो भन्ने समाचार विश्वभरि फैलिन थालेको छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper