banner
banner

राजदूतले फैलाए सनसनी

काठमाडौं । महामहिम अमेरिकी राजदूतले नेपाली समाजसँग गफगाफ थालिसकेका छन्, अष्ट्रेलियन राजदूत पेटेबुडले नेपाली नेताहरु कुनै पनि मुलुकमा पक्राउ पर्नसक्ने चेतावनी दिएपछि नेपाली राजनीति तरङ्गित भएको छ ।
राजदूतले यसरी बोल्नु चानचुने कुरा होइन, तर दण्डहीनताको पहाडले थिचिएका र संक्रमणकालीन न्याय सम्पादन गर्न असक्षम भएका सत्ताधारी नेताहरु चुँइक्क बोलेका छैनन् । डा.बाबुराम भट्टराई जो जनयुद्धका एक कमाण्डर पनि हुन् उनलेसमेत नेपालको शान्तिप्रक्रिया हाम्रो आन्तरिक मामिला हो, आफैं सहमतिमा टुंग्याउँछौं, तिमी सुँढ नघुसार भन्न सकिन्न ? भनेर प्रश्न गरेका छन्, ओली र प्रचण्ड मौन छन् ।
खासगरी गंगामायाँ अधिकारीले संयुक्त राष्ट्रसंघको कार्यालयमा न्याय पाइन भनेर गुहार माँग्नु र अधिकारकर्मीहरुले उनलाई अन्तर्राष्ट्रिय अदालत लैजाने तैयारी गरिरहदा अष्ट्रेलियन राजदूतको यो अभिव्यक्ति आएको छ ।
गतहप्ताको मंगलवार महामहिम राजदुत बुडले दशक लामो माओवादी द्वन्द्वका बेलामा भएका गम्भीर फौजदारी मामिलाका घटनालाई संवोधन गर्न नसक्नुका कारणले नेपाली नेताहरु विदेशमा पक्राउ पर्नसक्ने जनाउ दिएका हुन् । स्मरणीय छ, यसअघि प्रचण्ड अष्ट्रेलिया जानलाग्दा उनलाई गिरफ्तारी हुनसक्ने सूचना चुहिएपछि उनले भ्रमण रद्द गरेका थिए ।
राष्ट्रसंघ महासन्धिको विश्वव्यापी क्षेत्राधिकार अन्तर्गत नेताहरु कहीँ पक्राउ पर्नसक्ने र नेपालमाथि हस्तक्षेप हुनसक्ने जोखिम बढेर गएको छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper