banner
banner

सम्मानित राष्ट्रपति किन अपमानित ?

काठमाडौं । सम्मानति राष्ट्रपतिले सम्मान आर्जन गर्नसक्ने काम किन नगरेको ? महिला राष्ट्रपति राष्ट्रको संरक्षक, उनले आलोचित हुने व्यवहार देखाउँदा राष्ट्रकै अपमान हुन्न र ?
राष्ट्रपति जहाँ जान्छिन्, जनताले दुःख पाउँछन् । राजसी ढकोसला भन्दा पनि जनअपेक्षालाई ध्यान दिए राष्ट्रपतिको यति धेरै आलोचना हुने थिएन । पछिल्लो पल्ट राष्ट्रपति लिफ्ट उद्घाटन गर्न, मनकामना पुग्दा महिला, बृद्धबृद्धाले घण्टौं दुःख पाए । यसबाट राष्ट्रपति विद्या भण्डारीलाई अलिकति पनि अप्ठेरो अनुभव नहुनु लज्जाको विषय हो । राष्ट्रपतिको सवारी हुँदा घण्टौं ट्राफिक जाम हुन्छ, शिवरात्रिका दिन पशुपति दर्शनमा निस्केकी राष्ट्रपतिका कारण त्यहाँ पनि आमनागरिकले पाउनुसम्म दुःख पाए । सडकका सवारी साधनले त एकोहोरो शंख बजाएजसरी हर्न बजाइदिए । 
जनतामा राष्ट्रपतिप्रतिको यो असन्तुष्टिलाई सम्मानित राष्ट्राध्यक्ष महिलाले कहिले बुझ्ने ?
आम नागरिक राष्ट्रपति सडकमा ननिस्कियुन, सार्वजनिक क्षेत्रमा नजाउन् भन्न थालेका आमनागरिक । कम्युनिष्टले ईश्वरका नाममा शपथसमेत खाँदैनन्, धर्मनिरपेक्षतावादी हुँ भन्छन्, सबैभन्दा बढी ईश्वर पूजा तिनै गर्न थालेका छन् । कम्युनिष्ट पर्यटन मन्त्री पाथीभरा पुगे, मौसम खराव हुँदा पनि जबरजस्ती उडान भर्न लगाउँदा दुर्घटनामा परे । निजी हेलिकोप्टरमा किन गएका हुन् रहस्य नै छ, भ्रष्टाचारमा मुछिएका मन्त्रीबारे प्रधानमन्त्रीले सफाइ दिएको देखियो ।
राष्ट्रपति महोदयाले अव सार्वजनिक बाटो बन्द गरेर, सर्वसाधारणलाई घण्टौं उभ्याएर सास्ती दिने काम बन्द गर्दा उचित होला । शिवरात्रि, कृष्णाष्टमी, मच्छेन्द्रनाथ, बसन्त पञ्चमी, इन्द्रजात्रा, घोडेजात्रा, जानकी मन्दिर, मनकामना जता जाउ सुरक्षा प्रवन्धलाई चुस्त बनाएर जाउ, सर्वसाधारणलाई दुःख नदेउ । 
प्रधानमन्त्री गमलामा रुख रोप्ने, खानेपानी मन्त्री वाटर एटीएम उद्घाटन गर्ने, राष्ट्रपति सर्वसाधारण मरे मरुन्, सुरक्षा घेरामा बसेर दुःख दिने । राष्ट्रपतिले ३ घण्टा कुराएर १२ जना मिल्ने ३३ फुट उचाइमा जानमिल्ने लिफ्ट उद्घाटन, कति सस्तो भयो नि सत्ता र शक्तिको प्रचार ? अनेक रेकर्ड राख्न थाल्यो नेकपाको सरकारले । यो अति भएन र राष्ट्रपतिज्यू ? 

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper