banner
banner

अमेरिका–नेपाल सम्बन्ध चिस्सियो

काठमाडौं । भेनेजुयलाका सम्बन्धमा नेकपाका अध्यक्ष प्रचण्डले अमेरिकाविरुद्ध पोखेको आक्रोशपूर्ण बक्तव्यकै हाराहारीमा नरम शव्दमा सरकारको भनँइ पनि आएपछि अमेरिका–नेपाल सम्बन्ध इतिहासमै पहिलोपल्ट नराम्रोसँग हिउँझैं चिस्सिन पुगेको अर्थ कुटनीतिक बृत्तमा खूब चर्चा छ ।
नेपाल सरकार र अध्यक्ष प्रचण्डको वक्तव्य के हो, नेपालको आधिकारिक भनाई यही हो त ? भनेर अमेरिकाले परराष्ट्र मन्त्रालय र अमेरिकास्थित नेपाली राजदूतसँग समेत सोधेको थियो भने परराष्ट्रमन्त्रीले राजधानीस्थित सबै कूटनीतिक प्रतिनिधिहरुलाई बोलाएर गत शुक्रवार गरेको ब्रिफिङमा अमेरिकी राजदूत नजानुले पनि सम्बन्ध चिसो बनेको पुष्टि गरेको छ । यो सम्बन्ध चिस्सिनुको दुस्प्रभाव ओली सरकारमा पर्ने निश्चित छ भने आगामी चैतमा ओली सरकारले बोलाएको लगानी  सम्मेलनमा समेत दुस्प्रभाव पर्ने संशय ज्ञाताहरुले सार्वजनिक गर्न थालेका छन् ।
ओली सरकार पञ्चशीलको सिद्धान्तमा नेपाल अडिग रहेको बताइरहदा अमेरिकी दूतावास प्रेस, नागरिक समाज र कूटनीतिक संस्थाहरुलाई भेनेजुएलाबारे अमेरिकी धारणा प्रष्ट पारिरहेको छ । यो जुवारीले अमेरिका ओली सरकारसँग भड्किएको देखिन्छ ।
अमेरिकी राजदूत बेरीले परराष्ट्रमन्त्रीलाई पनि भेटेका छन् । मन्त्रीको लाचारी देखेर नै राजदूत असन्तुष्ट भएकै बेलामा मंगलवारपछि शुक्रवार नै प्रचण्डले फेरि वक्तव्य निकालेर अमेरिकामाथि साम्राज्यवादी हस्तक्षेपकारीकै आरोप दोहो¥याएका छन् । ओली सरकार समृद्ध नेपाल सुखी नेपालीका लागि आर्थिक कूटनीतिमा अग्रसर भएको बताइरहदा अमेरिकाजस्तो विश्वशक्ति र नेपालका लागि सहयोगी नेपालसँग चिढिनु नेपालका लागि उचित नभएको विषयमा हरेक दिन विज्ञहरु बोलिरहेका छन् । नेकपाभित्र पनि प्रचण्डको अभिव्यक्ति बिबाद र बहसको विषय बनेको छ । यसपटक प्रधानमन्त्री मौन छन् र सबैसँग मित्रताको कुरो गरिरहेका छन् । समरणीय के पनि छ भने २ हप्ताअघि सरकारले जनयुद्धकालीन सबै मुद्दामा आममाफी दिन लागेको विषयमा अमेरिकासहित युरोपियन मुलुकका राजदूतहरुले वक्तव्य निकाले शान्त खबरदारी गरेका थिए । यो विषयमा पनि परराष्ट्रमन्त्रीले आममाफी नहुने खुलासा गरेका छन् ।
भनेजुएलाका सम्बन्धमा नेपालले बोल्नै नपर्ने हो भन्ने मान्यता राख्नेहरु ओली सरकारले कूटनीतिक तथा सामरिक सन्तुलन कायम राखेर नेपालको राष्ट्रिय हित र स्वार्थको रक्षा गर्ने धरातल कमजोरब नाएको आरोप लगाइरहेका छन् । निश्चय नै नेपालमा अमेरिका, चीन र भारतको त्रिकोणात्मक भूराजनीतिक द्वन्द्वका तरंगको उठेको छ, यो तरङ्गमा नेपाल तटस्थ बस्न नसक्नु, क्रिमिया, रोहिंग्याआदि विषयमा नबोल्ने र भेनेजुएलाका सम्बन्धमा बोल्नु मात्र यो सरकार चीन र रुसधुरीमा गएको संकेत देख्नेहरु प्रशस्त छन् ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper